देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

देशान्तर

सुर्खेत – कर्णाली प्रदेश सरकारले पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सर्वोच्च अदालतको आदेशले पुनर्बहाली भएका सांसदहरूले पार्टीको ह्विप उल्लङ्घन गरेसँगै नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको भए पनि एमालेका सांसदहरू प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले पार्टीको ह्विप उल्लङ्घन गरेका हुन् ।

सरकारमा सहभागी भएका प्रकाश ज्वालाबाहेक अरू तीन जना मन्त्री भइसकेका छन् । उनीहरू नीति तथा कार्यक्रम पारित गर्ने क्रममा संसद् बैठकमा नै उपस्थित भएका थिएनन् । बजेट सार्वजनिक गर्नका लागि दिउँसो चार बजे अर्को बैठक आह्वान गरिएको छ ।