देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जर्मनीले नेपाललाई ४ अर्ब ८० करोड अनुदान दिने

देशान्तर

काठमाडौं – संघीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप रु चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत आगामी सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिन जर्मन सरकारले अनुदानस्वरुप उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो ।

नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले सोमबार अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको जर्मनीको राजदूतावासले जनाएको छ ।