रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आफ्नो सरकारसँग बहुमत भएको बताएका छन् । मुख्यमन्त्री पोखरेलले नेकपा एमालेसँग ३९ र जनता समाजवादी पार्टीसँग ६ सदस्य रहेको जानकारी दिँदै जनता समाजवादी पार्टीका विषयमा प्रदेश सभा सचिवालय नै स्पष्ट नभएको आरोप लगाएका थिए ।
मुख्यमन्त्री पोखरेलले भन्नुभयोभने, ‘दलीय प्रणालीमा विश्वास राख्ने हो भने राजनीतिक रूपमा सरकारसँग बहुमत छ ।’
यसैबीच लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८- ०७९ को नीति तथा कार्यक्रम आइतवार बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रम सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले पारित भएको हो ।
यसअघि मुख्यमन्त्री शङ्कर पोखरेलले आव २०७८–०७९ को नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव प्रदेश सभामा प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले बहुमतको निर्णयलाई प्रदेश सभाले स्वीकार नगरेको उल्लेख गर्दै कानुन कार्यान्वयनका विषयमा आफ्नो अरूचि नरहेको जनाए।
कोरोना महामारीविरुद्धको लडाइँमा प्रदेश सरकारले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै उहाँले खोप व्यवस्थापनको विषय सङ्घीय सरकारको भएको स्पष्ट पारे ।
उनले नदीजन्य पदार्थको व्यवस्थापनको काम प्रदेश सरकारले नगरेको र त्यो काम पालिकाले जानकारी दिँदै राजस्व बाँडफाँडको काम भएको तर कम पालिकाबाट ४० प्रतिशत राजस्व प्राप्त गरेको बताए। उनले मर्चवार क्षेत्रको विकासका लागि दोब्बर बजेट विनियोजन भएको र त्यहाँको विकासलाई उच्च प्राथमिकता दिइएको स्पष्टडगरेका छन् ।
प्रतिक्रिया