पोखरा – गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकीको सरकार ढल्नुमा प्रधानमन्त्री केपी शर्मा ओली जिम्मेदार रहेको बताएका छन् । मुख्यमन्त्री निवास छोड्नुअघि आइतबार पत्रकारसँग कुराकानी गर्दै उनले सरकार ढल्नुमा एक व्यक्तिलाई मात्र दोष दिन नमिल्ने पनि बताएका छन् ।
प्रधानमन्त्री ओलीको पनि केही गल्ती भएको तर राजनीतिक दलले आफूलाई करेक्सन गर्नुपर्ने बेला आएको गुरुङले बताए। उनले सत्ता प्राप्ति र कुर्सीको लागि गरिने गठबन्धनले सत्ता र कुर्सी तलमाथि हुने वित्तिकै विग्रह शुरु हुने दावी गरे ।
साथै अहिले बनेको गठबन्धन पूर्व र पश्चिमबाट मिलेर बनेकाले त्यसको आयु लामो नभएको दावीसमेत गरे। उनले आफ्नो सरकारले ल्याएको बहुवर्षीय योजना समयमै सक्ने विषयमा अहिलेको सरकारको ध्यान जानुपर्ने सुझावसमेत दिए।
प्रतिक्रिया