काठमाडौँ – चीनको हुबेइ प्रान्तको शियान शहरको बस्ती नजिकै ग्यास पाइप लाइन बिस्फोट हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ।
आइतबार बिहान भएको घटनामा अरु ३९ जना गम्भीर घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
उद्धारको काम जारी रहेको बताए पनि घटनाको कारणबारे स्थानीय प्रशासनले केही जानकारी दिएका छैनन्।
सन् २०१३ मा भएको यस्तै प्रकारको बिस्फोटमा ५५ जनाको ज्यान गएको छ।
प्रतिक्रिया