पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो सरकारको प्राथमिकता कोरोना नै हुने बताएका छन् । प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेपछि प्रतिक्रिया दिदै नेपालीले आफ्नो पहलो प्राथमिकता कोरोना नियन्त्रण हुने बताएका छन् ।
नेपालीले प्रदेश प्रमुखले समयमा निर्णय नगर्दा आशंका बढेको भएपनि अब मुख्यमन्त्री नियुक्तिको पत्र प्राप्त भएकाले अन्योलता हटेको बताए । संविधानको बाटोमा हिडेको भन्दै नेपालीले प्रदेश प्रमुखलाई धन्यवाद पनि दिए ।
प्रतिक्रिया