देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पद्मकन्याबी स्ववियु सभापति स्वस्तिकाको दुर्घटनामा मृत्यु

देशान्तर

बारा । बाराको अमलेखगंज–६ आदाबारमा सोमबार बिहान भएको सवारी दुर्घटनामा नेपाल बिद्यार्थी संघकी नेतृ तथा पद्मकन्या क्याम्पसकी स्ववियू सभापति लालकुमारी  पोखरेल (स्वस्तीका) सहित दुईजनाको मृत्यु भएको छ ।हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ४ ख ५६९६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ३ च ८०९७ नम्बरको कार बिहान पौने ५ बजे आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कार चालक काभ्रे, महादेवस्थनाका ४४ वर्षीय ध्रुव कार्की र कारमा सवार उदयपुर, कटारी–२ की ३७ वर्षीया लालकुमारी पोखरेल (स्वस्तिका) रहेका छन् । लालकुमारी पोखरेल (स्वस्तिका) पद्मकन्या क्याम्पसकी स्ववियु सभापति हुन् । उनको घटनास्थलमै मृत्यु भएको  हो ।

दुर्घटनामा कारमा सवारसहित अन्य दुईजना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि गण्डक हेल्थ केयर वीरगंज पठाइएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

]]>