देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युरोकपमा शनिबार तीन वटा खेल हुने

देशान्तर

काठमाण्डौ – युरोकप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । बेलुकी पौने सात बजे वेल्स र स्विजरल्याण्ड खेल्दैछन् । विश्व वरीयतामा स्विजरल्याण्ड१३ औं स्थानमा छ भने वेल्स १७ औं स्थानमा छ । शनिबा राति पौने १० बजे डेनमार्क र फिनल्याण्ड खेल्दैछन् । यस्तै बेल्जियम र रुसको खेल राति पौने १ बजे सुरु हुनेछ ।

विश्व वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम र ३८ औं स्थानको रुसबीचको खेल रोमाञ्चक हुने अनुमान छ । गएरातिको उद्घाटन खेलमा इटलीले टर्कीलाई ३–० गोलले हराएको छ । टर्कीका मेरिह डेमिरलले आत्मघाती गोल गरेपछि अग्रता बनाएको इटलीका लागि इमोबाइल र लोरेन्जोले एकरएक गोल गरे ।

प्रतियोगितामा युरोपका २४ देशले प्रतिस्पर्धा गरिरहेका छन् । जुलाई १२ गतेसम्म हुने खेल ११ सहरमा सञ्चालन हुनेछ ।