देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनबारे छलफल हुने

देशान्तर

काठमाडौं – काँग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठक शनिबार बुढानीलकण्ठमा बस्दैछ । दिउँसो २ बजेको लागि बोलाइएको बैठकमा आसन्न महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ ।

संवैधानिक व्यवस्था अनुसार आगामी भदौसम्ममा पार्टीको १४औं महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने अवस्था भए पनि कोरोना महामारीका कारण कार्यतालिका प्रभावित हुने भएपछि सोही विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको नेपाली काँग्रेसले जनाएको छ ।

पूर्व निर्धारित कार्यतालिकाअनुसार असारमा वडा तहको अधिवेशन सुरु गर्नुपर्ने हुन्छ । तर अहिलेसम्म क्रियाशील सदस्यताको टुंगो समेत नलागिसकेको अवस्थामा कार्यतालिका अनुसार महाधिवेशन गर्न कठिन देखिएको छ ।