काठमाण्डौ – युरोकप फुटबलको उद्घाटन खेलमा इटलीले टर्कीलाई ३-० गोलले हराएको छ । गएरातिदेखि सुरु भएको प्रतियोगितामा युरोकपकै दाबेदार मानिएको इटलीले टर्कीलाई ३-० गोलले सहजै हराउन सफल भयो ।
टर्कीका मेरिह डेमिरलले आत्मघाती गोल गरेपछि अग्रता बनाएको इटलीका लागि इमोबाइल र लोरेन्जोले एकरएक गोल गरे । इटली रहेको समूहमा स्वीट्जरल्याण्ड, वेल्स र टर्की रहेका छन् । प्रतियोगितामा युरोपका २४ देशले प्रतिस्पर्धा गरिरहेका छन् । जुलाई १२ गतेसम्म हुने खेल विभिन्न ११ सहरमा सञ्चालन हुनेछ ।
प्रतिक्रिया