देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बीएण्डसीलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय

देशान्तर

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको बैठकले झापास्थित बीएण्डसी मेडिकल कलेलजलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले बीएण्डसीलाई प्रक्रिया पुर्‍याई सम्बन्धन दिने सैद्धान्तिक निर्णय गरेको गरेको हो ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३ (६) मा ऐन जारी हुनुभन्दा अघि मनसाय पत्र लिई मापदण्ड पूरा गरेका काठमाडौं उपत्यका बाहिरको शिक्षण संस्थाका हकमा आयोगले निर्णय गरेअनुसार हुने र आयोगले निर्णय गर्दा यस ऐनको कुनै पनि कुराले बाधा पुग्ने छैन भन्ने उल्लेख छ ।

बीएण्डसीले २०७२ मा नै मनसाय पत्र लिई काठमाडौं विश्वविद्यालयमा सम्बन्धनका लागि निवेदन दिएको बताइदै आएको छ । निजी मेडिकल एसोसिएसनका अध्यक्ष बसरुद्दिन अन्सारीले बीएण्डसीलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय भएको हो ।

बीएण्डसीले ऐन नियमअनुसारको प्रावधान पूरा नगरेको भन्दै सम्बन्धन दिने विषय विवादमा रहेको छ । बीएण्डसीको आशयपत्र नवीकरण नभएको र काठमाडौं विश्वविद्यालयले ऐन, नियमविपरित सम्बन्धन दिने प्रक्रिया अघि बढाएको आरोप लागेको छ ।