देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यी हुन् कांग्रेसका कृष्णचन्द्रको नेतृत्वमा सरकार बनाउन हस्ताक्षर गर्ने सांसद

देशान्तर

काठमाडौं । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन समर्थन जनाउँदै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष विपक्षी गठबन्धनले बुझाएको ३१ सांसदको हस्ताक्षर सनाखत गरिएको छ । प्रदेश प्रमुखको निवासमा उपस्थित सांसदले बजेट ल्याउनुपर्ने समयको चापलाई मध्यनजर गर्दै छिट्टै निर्णय गर्न आग्रह गरेपछि शुक्रबार नै सांसदको हस्ताक्षर सनाखत भएको हो ।

कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद र स्वतन्त्र सांसद दीपक मनाङेको पनि हस्ताक्षर छ । मुख्यमन्त्री नियुक्तिको निर्णय भने शनिबारमात्रै हुने भएको छ ।