काठमाडौं । सोमबार दिउँसो चलेको भीषण हावाहुरपछि काठमाडौंस्थित त्रिभुवन विमानस्थल बन्द भएको छ ।सोमबार ४ बजेबाट चलेको भीषण हावाहुरीसँगै उडेको धुलोका कारण विमानस्थल बन्द भएको हो ।
भिजिबिलिटी कम भएपछि तथा हावाहुरी चलेकाले विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य सबै उडान ठप्प भएका त्रिभुवन विमानस्थल प्रशासनले जानकारी दिएको छ ।
हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ । सडकमा मान्छेहरु हिड्ने अवस्था देखिएको छैन् ।
]]>
प्रतिक्रिया