देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साताको नेप्से २९ सय ४४ अंकमा, ८३ अर्ब ९३ करोडको सेयर किनबेच

देशान्तर

काठमाडौं – यो साता नेप्से २९ सय ४४ दसमलव ७८ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच सय २७ दसमलव ८७ अंकमा पुगेको छ । यो साता दुई सय २१ वटा कम्पनीहरुको सात लाख ५३ हजार छ सय ३९ पटकको कारोवारमा १७ करोड पाँच लाख ९० हजार छ सय ४३ कित्ता सेयर किनबेच हुंदा कुल कारोवार रकम ८३ अर्ब ९३ करोड १२ लाख ५० हजार सात सय ६७ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको भन्दा बढी हो ।

गत साता भने नेप्सेमा दुई सय १९ वटा कम्पनीहरुको छ लाख ९० हजार सात सय ३० पटकको कारोवारमा १५ करोड छ लाख १२ हजार सात सय ३८ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम ६७ अर्ब ७९ करोड ४५ लाख ४१ हजार दुई सय ९५ रुपैयाँ पुगेको थियो ।

यो साता नेप्से पाँच दिन खुल्ला रहेकोमा पहिलो र तेस्रो दिन बढेको थियो भने दोस्रो, चौथो र पाँचौं दिन घटेको थियो । सो मध्ये पहिलो दिन नेप्से ५० दसमलव १३ अंकले बढेर २९ सय छ दसमलव ८९ अंकमा पुगेकोमा सेन्सिटिभ पनि सात दसमलव ८८ अंकले बढेर पाँच सय २० दसमलव ९९ अंकमा पुगेको थियो ।

दोस्रो दिन भने नेप्से शुन्य दसमलव २१ अंकले घटेर २९ सय छ दसमलव ७० अंकमा पुगेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव ३८ अंकले घटेर पाँच सय २० दसमलव ६३ अंकमा पुगेको थियो । तेस्रो दिन भने नेप्से ५३ दसमलव ४४ अंकले बढेर दुई हजार नौ सय ६० दसमलव १४ अंकमा पुगेकोमा सेन्सिटिभ पनि भने सात दसमलव ४७ अंकले बढेर पाँच सय २८ दसमलव १० अंकमा पुगेको थियो ।

चौथो कारोवार दिन भने नेप्से १३ दसमलव ५६ अंकले घटेर दुई हजार नौ सय ४६ दसमलव ५८ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव ८३ अंकले घटेर पाँच सय २५ दसमलव २८ अंकमा झरेको थियो । यसैगरी अन्तिम कारोवार दिन पनि नेप्से एक दसमलव आठ अंकले घटेर दुई हजार नौ सय ४४ दसमलव ७८ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स भने दुई दसमलव ५९ अंकले बढेर पाँच सय २७ दसमलव ८७ अंकमा पुगेको थियो ।

नेप्सेका अनुसार यो साता बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा नेपाल पुर्नबीमा कम्पनी, नेशनल हाईड्रो पावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक आदि परेकाछन भने कारोवार भएको सेयर संख्याको आधारमा नेशनल हाईड्रो पावर कम्पनी, नेपाल पुर्नबीमा कम्पनी आदि अगाडि परेकाछन् ।

बजार पुंजीकरणका आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुर्नबीमा कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेकाछन् । सेयर सुचीकरणतर्फ भने यो साता लाईफ इन्स्योरेन्स कम्पनी, सिईडिबी हाईड्रो पावर कम्पनी, ग्लोवल आईएमई लघुबित्त बित्तीय संस्था आदिको बोनस तथा साधारण सेयर सुचीकृत भएकाछन् ।