काठमाडौँ – अर्जेन्टिनाले कोपा अमेरिकाका लागि टिमको घोषणा गरेको छ । अर्जेन्टिना फुटबल फेडेरेसन र मुख्य प्रशिक्षक लियोनेल स्कोलानीले कोपाको लागि २८ सदस्यीय टोलीको घोषणा गरेका हुन् । अहिले सम्म १४ पटक कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिनाले ब्राजिलमा आयोजना हुने कोपा अमेरिकाका लागि लियोनेल मेसीको कप्तानीमा टिम घोषणा गरेको छ ।
यहि जुन १४ देखि शुरु हुने कोपामा अर्जेन्टिना समुह बि मा रहेको छ । समुह बि मा अर्जेन्टिनासहित बोलिभिया, चिली, पराग्वे र उरुग्वे रहेका छन् ।
अर्जेन्टिनाको टोली:
गोलरक्षक – फ्रान्को अर्मानी, इमिलियानो मार्टिनेज, जुवान मुस्सो र अगस्टिन मार्चेसिन ।
डिफेन्डर – गोन्जालो मोन्टिइल, निकोलस ओटामेन्डी, जर्मन पिज्जीएला, निकोलस ट्याग्लिएफिको, लुकास मार्टिनेज क्वार्टा, मार्कोस एकुना, लिसान्ड्रो मार्टिनेज, नाहुएल मोलिना लुसेरो र क्रिस्टियन रोमेरो ।
मिडफिल्डर – लियान्ड्रो पारेडेस, जियोभानी लो सेल्सो, एक्सक्विल पालासिओस, निकोलस गोन्जालेज, गुइडो रोड्रिग्वेज, रोड्रिगो डी पउल, एलेजान्द्रो गोमेज, एन्जल कोरिया, निकोलस डोमिन्ग्वेज ।
फरवार्ड – लियोनेल मेसी, लोउटारो मार्टिनेज, एन्जल डि मारिया, जोआक्विन कोरोआ, सर्जियो अग्युरो र लुकास एलारियो ।
प्रतिक्रिया