देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दीप श्रेष्ठलाई स्वास्थ्यकर्मीले उनकै गीत गएर अस्पतालबाट बिदा गरे

देशान्तर

काठमाडौं । वरिष्ठ गायक दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना भाइरसको सङ्क्रमणपछि शरीरमा अक्सिजनको कमी भएसँगै उनलाई अस्पताल भर्ना गरिएको थियो । दुई साताअघि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएकोमा आज दिउसो उनी घर फर्किएका हुन् ।

बिहीबार दिउँसो अस्पतालबाट डिस्चार्ज हुने क्रममा अस्पतालका डाक्टर तथा नर्सहरूले गायक श्रेष्ठलाई बिदाइ गर्न उनकै गीत गाएका थिए । रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का प्रस्तोता तथा निर्माता सुशील नेपालले उक्त भिडिओ फेसबुकमा अपलोड गरेका छन् । धेरै शुभचिन्तक तथा कलाकर्मीले उनको स्वास्थ्यलाभको कामना गरेका थिए ।