देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्णालीमा फ्लोर क्रस गर्ने नेपाल पक्षका चार सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

देशान्तर

काठमाडौं – सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने नेकपा एमालेका चार सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधिश प्रकाशमान सिंह राउतको एकल इजलासले एमालेको नेपाल पक्षका सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई सांसदमा पुनर्वहाली गरेको हो ।

उनीहरुलाई पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै कारवाही गरिएको पत्र एमालेले प्रदेश सभालाई दिएपछि पदमुक्त भएका थिए । सर्वोच्चले रिटको अन्तिम टुंगो नलागेसम्म निवेदकहरुलाई कर्णाली प्रदेश सभाको सदस्य तथा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको सदस्य पदको हैसियतमा काम गर्न दिन आदेश दिएको हो ।