देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश १ नीति तथा कार्यक्रम – ‘स्वच्छ, सुखी समुन्नत प्रदेश’मा जोड

देशान्तर

विराटनगर – प्रदेश नं १का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रम सार्वजानिक गरे । प्रदेश सभाको आजको बैठकमा उनले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । उनले प्रदेश सरकारले कोरोना जनसुरक्षा कोष परिचालन गरी कोभिड–१९ को महामारी रोकथाम, नियन्त्रण, उपचार तथा अन्य व्यवस्थापकीय काम उलब्ध साधन स्रोतको अधिकतम परिचालन गरी रहेको बताए ।

उनले राष्ट्रिय अर्थतन्त्रमा प्रदेशको हिस्सा १५दशमलव छ प्रतिशतको हुने र चालु आर्थिक वर्षमा यस प्रदेशको समग्र आर्थिक वृद्धिदर तीन दशमलव छ प्रतिशत रहने अनुमान गरिएको जनाउँदै संविधानमा व्यवस्था भए बमोजिम प्रदेश लोक सेवा आयोग स्थापना भई प्रदेश निजामती सेवाका विभिन्न तहका पदहरुमा पदपूर्ति प्रक्रिया शुरुआत भएको जानकारी दिए ।

संविधानमा लिपिबद्ध समाजवाद उन्मुख राज्य र दीर्घकालीन राष्ट्रिय सोच ‘समृद्ध नेपाल, सुखी नेपाली’ अनुसार प्रदेश सरकार ‘स्वच्छ, सुखी समुन्नत प्रदेश’को उच्च अभियानमा लागेको जानकारी दिँदै प्रदेश प्रमुख ‘प्यासी’ले स्वास्थ्य क्षेत्रको एकीकृत सबलीकरण, अनुसन्धान र व्यापक जनचेतना सहित खोप लगायत अन्य उपायद्वारा महामारीको सामना गर्नु एक मात्र उपाय हो भने ।

कोभिड महामारी र विविध प्रतिकुल परिस्थितिका बाबजुद प्रदेश गौरबको एक महत्वपूर्ण आयोजनाको रुपमा शुरुआत गरिएको घिनाघाट विराट चोक हरैचा सडक निर्माण तथा कालापत्रे गर्न तीब्रगतिमा भइरहेको जानकारी दिँदै उहाँले प्रदेशमा मुख्य परियोजना ६२ बहुवर्षीय सडक योजना, सात प्रादेशिक विशेष सडक आयोजना, ८७ मुख्यमन्त्री ग्रामीण कृषि सडक, १२८ बहुवर्षीय सडक पुल निर्माण, ११५  झोलुङ्गे पुल आदि केही सम्पत्र भइसेका छन भने अन्यको प्रगति उल्लेखनीय रुपमा अघि बढि चाडै सम्पत्र हुने र सिँचाई क्षेत्रमा ४३ हजार हेक्टर जमिन सिंचित गर्ने अभियान बमोजिम करिव ५३ प्रतिशत काम सरकारले सम्पत्र गरेको बताए । 

नीति तथा कार्यक्रममा स्वीस सरकारको सहयोगमा कृषि विकास कार्यक्रम, साना सिँचाई कार्यक्रम, सडकपुल, झोलुङ्गे पुल लगायतका महत्वपूर्ण कार्यक्रमहरु सञ्चालन गर्न स्वीस विकास नियोग र प्रदेश सरकार बीच सम्झौता सम्पत्र भई सञ्चालनको अवस्थामा रहेको र सरकार डिजिटल प्रदेशको अवधारणालाई स्वास्थ्यको क्षेत्रमा द्रूत गतिमा कार्यान्वयनको शुरुआत गरिने उल्लेख छ ।

यसैगरी ‘गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिवद्धता’ भत्रे मूल नारा सहित प्रदेश मातहतका सबै अस्पतालको गुरुयोजना तयार गरी अक्सिजन प्लान्ट, सघन उपचार कक्ष निर्माण, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी, आवश्यक औजार तथा यन्त्र उपकरण र भौतिक पूर्वाधार सहितको मेची अस्पताललाई २०० श्यया, धनकुटा र पाँचथर जिल्ला अस्पताललाई १००/१०० शय्या र अन्य जिल्ला अस्पताललाई न्युनतम ५० श्यामा स्तरोत्रति गरिने,  विपत्र तथा गरिब वर्ग र असहायहरुको स्वास्थ्य उपचारको लागि एक उपचार कोषको स्थापना गरिने उल्लेख छ । 

प्रदेशका अस्पतालमा सेवा क्षेत्रको सघनता हेरी पोस्टमार्टम गर्ने र मृतशरीरलाई सुरक्षित राख्ने आधुनिक शवगृहको व्यवस्था गरिने,विद्यालय शिक्षाको स्तरोत्रति गर्ने, प्राविधिक शिक्षालाई प्रोत्साहन गर्ने, स्थापित विश्वविद्यालय, महाविद्यालयलाई सबलीकरण गर्ने कार्यलाई निरन्तरता दिइने, मनमोहन प्राविधि विश्वविद्यालयलाई स्वायत्त संस्थाको रुपमा विकास गरिने, प्रस्तावित मदन भण्डारी औद्योगिक महाविद्यालयको गठन र सञ्चालन गर्न आवश्यक कानून निर्माण गरिने, उच्च शिक्षालई विशिष्टीकृत तथा अनुसन्धानमा आधारित बनाइने, शिक्षको क्षेत्रमा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन तथा सहयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

प्रदेश खेलकुद बोर्ड गठन गरी यस क्षेत्रको व्यवसायिक उत्रतिलाई सहयोग गर्ने, मुख्यमन्त्री कप तथा राष्ट्रिय लिग फुटबल प्रतियोगितालाई निरन्तरता दिने, एक पालिक एक खेल मैदान निर्माण कार्यलाई निरन्तरता दिने, सबै खेल विधाहरुलाई प्राथमिकतामा राखी खेलकुद प्रतियोगिता सञ्चालन गर्ने, प्रदेशका सबै जातजाति, भाषा, धर्म र समुदायको पहिचान झल्कने बहुजातीय पहिचान र संस्कृतिमा आधारित महासङ्ग्रहालय मोरङ पथरीशनिश्चरे स्थित साविकको शरणार्थी क्याम्प रहेको स्थानमा विस्तृत परियोजना प्रतिवेदन सहित निर्माण कार्य आगाडि बढाउने, संविधान बमोजिम गठन भएका आदिवासी जनजाति आयोग, महिला आयोग, दलित आयोग, मुस्लिम आयोग लगायतका राष्ट्रि आयोगहरुसँग सम्बन्धित समुदायहरुको हक अधिकार र समुचित विकासका लागि आवश्यक समन्वय र सहकार्य सरकारले गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । 

छुवाछुट मुक्त्त प्रदेश कार्यान्वय अभियान सञ्चालन गरिने, वीर सहीद एवं ऐतिहासिक भूमिहरुलाई नमून गाउँ बनाउने घोषित कार्यक्रमलाई विस्तृत परियोजना प्रतिवेदनको आधारमा बजेट व्यवस्था गरी प्राविधि शिक्षा सहितका कार्यक्रम कार्यान्वयन गरिने,  ऐतिहासिक भूमि दुङ्गेसाँधु, सहीद भूमि छिन्ताङ तथा सुखानी लगायतका ऐतिहासिक वीर तथा शहीद भूमिहरुमा प्रेरणादायी स्मृति केन्द्रहरु निर्माण गरिने र राजनेता उद्यान निर्माणलाई आगाडि बढाइने नीति तथा कार्यक्रममा समावेश छ । 

‘मेरो कृषि मेरो पौरख’

प्रदेश प्रज्ञा प्रतिष्ठान गठन गर्ने, ‘मेरो कृषि मेरो पौरख’ नाराका साथ शुरुआत गरिएको प्रदेश प्रमुख नवप्रवर्तन कृषि कार्यक्रम को सबै तयारी पूरा गरी शीघ्र कार्यान्वयनमा ल्याइने,  विसं२०७८ लाई वृक्षरोपण वर्ष घोषणा गरिएको, जलाधार तथा सिमसारको संरक्षण सहित त्यसको बहुउपयोगको कार्यक्रम बनाइने, आगामी दुई वर्ष भित्रमा सबैको घरमा विद्युत पुर्याउने ,‘प्रदेशको पानी प्रदेशकै लगानी’मूल नाराका साथ जलविद्युत उत्पादनमा जोड दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेशसभाको आजैको दोस्रो बैठकले धन्यावदको प्रस्ताव बहुमतले पारित गर्यो । प्रदेशसभा नियमावली, २०७४ को नियम ३६ बमोजिम सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखबाट गरिएको सम्बोधनका लागि सो प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।

प्रदेश सभा नियमावली, २०७४ को नियम ३६(१) बमोजिम प्रदेश प्रमुख‘प्यासी’ले आर्थिक वर्ष २०७८/७९ को लागि प्रदेश सरकारको तर्फबाट प्रदेश सभामा सम्बोधन गर्नु भएको वार्षिक नीति तथा कार्यक्रमको एक प्रति मुख्यमन्त्री शेरधन राईले टेबुल गरे । प्रदेश सभाको अर्को बैठक शुक्रबार बिहान ११:३० बस्ने छ ।