देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजनीतिमा द्वन्द्वमात्र होइन मेलमिलाप पनि हुन्छ : मुख्यमन्त्री गुरुङ

देशान्तर

पोखरा – गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत मागेका छन् । उनले आफूलाई विश्वासको मत दिएमा प्रदेशलाई एकतावद्ध बनाएर अघि बढ्ने भन्दै विश्वासको मत मागेका हुन् ।

‘हालसम्म प्रदेशले प्राप्त गरेको उपलब्धी सुरक्षित गर्दै समृद्ध प्रदेशको महान अभियानका लागि मलाई विश्वासको मत दिनुस्, म सबैलाई एकतावद्ध बनाउँछु’ उनले भने ।

राजनीति द्वन्द्वको विषय मात्र नभई मेलमिलाप र एताको विषय पनि हो भन्दै उनले समाज रुपान्तरणका लागि बहुलताका बीच एकता कायम गर्नुपर्ने पनि बताए ।

आफूले विश्वासको मत पाए नीति तथा कार्यक्रम र बजेट पेश गर्ने अन्यथा संविधानको व्यवस्था अनुसार अगाडि बढ्ने उनले बताए ।

प्रदेशसभामा नेकपा एमालेबाहेकका दलको बहुमत नपुग्ने भन्दै त्यो कुरा एक महिनाअघि नै प्रमाणित भइसकेको दावी गरे ।