देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निषेधाज्ञा खुलेपछि भिसा आवेदन सेवा सञ्चालन गर्ने अमेरीकी राजदुतावासको भनाइ

देशान्तर

काठमाडौँ — सन् २०२१ को अमेरिकी सरकारको डीभी डाइभर्सिटी भिसाकार्यक्रममा समेटिएका नेपाली र अमेरिकामा उच्च शिक्षा हासिल गर्न जान लागेका विद्यार्थीहरुले काठमाडौंस्थित नेपाली राजदूतावासलाई भिसा आवेदन सेवा सञ्चालनको लागि आग्रह गरेका छन् ।

उनीहरुले सामाजिक सञ्जालमार्फत अमेरिकी राजदूतावासलाई छिटोभन्दा छिटो भिसा आवेदन सेवा सञ्चालन गर्न आग्रह गरेका हुन् ।

अमेरिकी राजदूतावासकी प्रवक्ता आना रिची एलेनले भिसा आवेदनको लागि पर्न गएको समस्याको बारेमा राजदूतावास जानकार रहेको बताइन् । ‘तर महामारीका कारण नेपाल सरकारले निषेधाज्ञा गरेको बेलामा हामीले राजदूतावास खोल्न मिल्दैन,’ उनले भनिन्,‘हामी निषेधाज्ञा खोल्ने बित्तिकै भिसा आवेदन सेवालाई सञ्चालन गर्नेछौं ।’

अमेरिकाले हरेक वर्ष नेपालसहित विभिन्न मुलुकहरुबाट करिब ५५ हजार डाइभर्सिटी इमिग्रान्ट भिसा कार्यक्रममार्फत् लैजाने गरेको छ । जसले अमेरिका छिर्ने बित्तिकै सिधै त्यहाँको ग्रिन–कार्ड पाउने गर्छन् ।

सन् २०२१ मा डीभी परेका नेपालीहरु यही वर्षको सेप्टेम्बर ३० भित्रमा भिसा लिइसक्नु पर्ने हुन्छ । तोकिएको अवधि भित्रमा डीभी परेकाहरुले भिसा नलिएमा स्वत रुपमा उक्त डीभी खारेज नै हुन्छ । र, अहिले डीभी परेकाहरुले पनि फेरि नयाँ प्रक्रिया अनुसारै अघि बढ्नु पर्ने हुन्छ ।