देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट तीन मन्त्रीले लिए सपथ

देशान्तर

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बुधबार साँझ नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीमा राम सरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओम प्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास मन्त्रालय र विरेन्द्रप्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय रहेको छ । उनीहरूलाई बुधबार नै प्रदेश प्रमुख राजेश झा अहिराजले पद तथा गोपनीयताको शपथ गराएका थिए ।

कांग्रेसलाई सरकारमा सहभागी गराउनकै लागि सात वटा मन्त्रालय फुटाएर ११ वटा पुर्याइएको छ । मन्त्रालयको भागबन्डा नमिल्दा नेकपा माओवादी केन्द्र भने सरकारमा सहभागी भएन । केन्द्रमा जनता समाजवादी पार्टी विभाजन नजिकै पुगेको असर प्रदेश सभामा पनि देखिएको छ ।

केन्द्रमा अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा गएको छ, त्यसको विरोधमा अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले प्रदेश(२ मा ठाकुर पक्षका मन्त्री हटाएर कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेको हो ।