देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकाले विश्वका १०० देशलाई फाइजर खोपको ५० करोड मात्रा वितरण गर्ने

देशान्तर

अमेरिकाले विश्वका कम आय भएका १०० देशलाई कोरोना भाइरसविरुद्धको ५० करोड मात्रा खोप आफै किनेर वितरण गर्ने भएको छ ।

राष्ट्रपति जो बाइडेनको प्रशासनले ५० करोड मात्रा फाइजरको खोप अबको दुई वर्षभित्र विश्वका विभिन्न देशलाई उपलब्ध गराउने तयारी गरेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यसमध्ये यो वर्ष २० करोड मात्रा र बाँकी मात्रा सन् २०२२ मा वितरण गर्ने तयारी अमेरिकाले गरेको बताइएको छ ।

तथापी ५० करोड मात्रा खोप वितरण गर्ने योजनाबारे राष्ट्रपति कार्यालय ह्वाइट हाउसले औपचारिक रुपमा जानकारी भने दिन बाँकी नै छ ।

विश्वका गरिब देशहरुलाई प्रदान गर्ने खोपको मात्रा बढाउन अमेरिकामाथि दबाब पर्दै आएको छ ।

सत्तामा आएपछिको पहिलो विदेश भ्रमणका क्रममा राष्ट्रपति बाइडेन बेलायत पुगेपछि अमेरिकाको खोप सम्बन्धी नयाँ तयारीबारे जानकारी आएको हो ।

बाइडेन विकसित देशहरुको समूह जी सेभेनको सम्मेलनमा सहभागी हुन बुधबार बेलायत पुगेका हुन् ।