देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इजरायलमाथि पोर्चुगलको सानदार जित

देशान्तर

मैत्रीपूर्ण फुटबलमा पोर्चुगल विजयी भएको छ । बुधबार राति भएको खेलमा पोर्चुगलले इजरायललाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

युरो कपको तयारीमा रहेको पोर्चुगलले अन्तिम मैत्रीपूर्ण फुटबलमा इजरायललाई फराकिलो अन्तरले पराजित गरेको हो ।


पोर्चुगललाई जिताउनका लागि ब्रुनो फर्नान्डेजले २ गोल गर्दा कप्तान क्रिष्टियानो रोनाल्डोले तथा जाओ क्यानसेलोले एक एक गोल गरेका थिए । शुरुदेखिनै इजरायलमाथि पोर्चुगलले दबावमा राखेको थियो । पोर्चुगलले पहिलो हाफको अन्त्यतिर लगातार दुई गोल गरेको थियो ।


क्यानसेलोको पासमा फर्नान्डेजले ४२ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । त्यसको २ मिनेट पछि नै रोनाल्डोले टिमका लागि दोस्रो गोल गरेका थिए ।


रोनाल्डोले फर्नान्डेजको पासमा गोल गर्दै पहिले हाफमा पोर्चुगललाई २–० को अग्रता दिलाए ।
पोर्चुगलले दोस्रो हाफमा अरु २ गोल पनि थप गरेको थियो ।


८६ औं मिनेटमा गुन्सेलो गुटेजको पासमा क्यानसेलोले गोल गरेपछि पोर्चुगल फराकिलो जित तर्फ अग्रसर भएको थियो ।

दोस्रो हाफको अतिरिक्त समयमा फ्रि किक मार्फत फर्नान्डेजले लेफ्ट कर्नरबाट गोल गर्दै पोर्चुगललाई ४–० को जित दिलाए ।