नेकपा एमालेका युवा नेता योगेश भट्टराईले पार्टी एकताको समस्याको मुल जड प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली, भलनाथ खनाल, माधव नेपाल भएको आरोप लगाएका छन् ।
उनले ओली, खनाल र नेपालले एक अर्काको अस्तित्व स्विकार्न नसक्दा एमाले पार्टी एकतामा समस्या आएको बताएका हुन् ।
आफ्नै पार्टीका नेताहरुसँग सहकार्य र छलफल गर्न तयार नहुने तर अन्य दलका नेताहरुसँग कुम जोडेर हिड्ने मनोवृत्तिले पार्टी एकता हुन नसकेको भट्टराईले बताउनुभयोे ।
बुधबार विहान सामाजिक सञ्जालमा लेख्दै भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली, राजेन्द्र महतो र महन्थ ठाकुरसँग सहकार्य गर्न तयार हुने तर आफ्नै पार्टीका नेता झलनाथ खनाल र माधव नेपालसँग सहकार्य गर्न तयार नहुनाले पार्टी एकता हुन नसकेको जिकिर गरे ।
त्यस्तै भट्टराइले झलनाथ खनाल र माधव नेपाल अध्यक्ष ओलीसँग छलफल र सहकार्य गर्न तयार नहुने तर शेर बहादुर देउवा, पुष्पकमल दाहाल र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने भएकाले पार्टी एकता हुन नसकेको बताए ।
प्रतिक्रिया