देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अर्जेन्टिनाले कोलम्बियासँग बराबरी खेल्यो

देशान्तर

फिफा विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले फेरि बराबरी खेलेको छ ।

बुधवार विहान सकिएको खेलमा अर्जेन्टिनाले कोलम्बियासँग २–२ गोलको बराबरी खेलेको हो ।


यो सँगै अर्जेन्टिना १२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ भने कोलम्बिया ८ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ ।


२ गोलको अग्रता बनाएको अर्जेन्टिनाले अन्तिम समयमा आफूलाई सम्हाल्न नसक्दा महत्वपूर्ण २ अंक गुमाउन बाध्य भयो ।


क्रिष्टियन रोमेरोले तेस्रो मिनेटमै गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । रोड्रिगोको पासलाई सदुपयोग गर्दै रोमेरोले हेडर गोल गरेका थिए । लियोनार्दो पेरेजले आठौं मिनेटमा गोल गरेपछि अर्जेन्टिनाले शुरुमै २–० को अग्रता बनाउन सफल रह्यो । तर, दोस्रो हाफमा अर्जेन्टिनाले आफूलाई सम्हाल्न नसक्दा बरबारीमा चित्त बुझायो ।


अर्जेन्टिनाको निकोल ओटामेन्डिले ४९ औं मिनेटमा डी बक्स भित्र फल गरेपछि कोलम्बियाले पेनाल्टी पाएको थियो । सोही पेनाल्टी अबसरलाई कोलम्बियाको लुसि मोरियलले ५१ औं मिनेटमा गोलमा परिणत गरेपछि कोलम्बिया खेलमा फर्कने शंकेत गरेको थियो ।


लगातार अर्जेन्टिनामाथि दबाव बनाएको कोलम्बियाले ९४ औं मिनेटमा बराबरी गोल गरेका थियो । उसका लागि मिगुएल बोर्जाले जुआन कुडार्डोको क्रसमा हेडर गोल गर्दै जाली चुमाएका थिए । त्यसपछि थप गोल नभएपछि अर्जेन्टिना र कोलम्बिया २–२ गोलको बराबरीमा रोकिए ।