देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

देशान्तर

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिँदै छन् ।

नेकपा (माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन् ।

५२ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ ।

अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन् ।

एमालेले प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्न एमाले सुदूरपश्चिम संसदीय दललाई निर्देशन दिएको छ ।

प्रदेशमा माधवकुमार नेपाल पक्षका मात्रै १५ सांसद रहेका छन् । नेपाल पक्षले साथ दिए मुख्यमन्त्री भट्टले विश्वासको मत पाउनेछन् ।

काँग्रेस र जसपाले कता मतदान गर्ने भन्ने निश्चित देखिएको छैन ।