देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गणेशमान फाउन्डेसनद्वारा विद्यालय भवन बनाउन रकम प्रदान

देशान्तर

साँखु। गत वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त साँखु भेगकै पुरानो विद्यालय भाग्योदय उच्च माविको भूकम्पले भत्किएको भवन पुनःनिर्माणको रकम प्रदान गरिएको छ । 

गणेशमानसिंह फाउन्डेसनको तर्फबाट अध्यक्ष एवम् नेपाली काँगे्रसका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले रु १० लाख ५३ हजार ७६८ को चेक भाग्योदय उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर स्याङ्बोलाई हस्तान्तरण गरे ।  

सो रकम अमेरिकाको हवाइमा बसोबास गर्ने नेपालीसँग मिनु गुरुङले सङ्कलन गरेर पठाएको जानकारी दिइएको थियो । 

सो कार्यक्रममा फान्डेसनका अध्यक्ष सिंहले आर्थिक सहयोगले तत्काल भवन निर्माण गर्न सकिने र आगामी दिनमा विज्ञान ल्याबको लागि सहयोग गर्ने बताए ।  

जापानमा बसेका नेपालीबाट रकम सङ्कलन भइरहेको र केही समयपछि सो ल्याबको लागि आवश्यक भौतिक सामग्री सहयोग गर्ने वचनबद्धता व्यक्त गरे ।  

गणेशमान सिंह फाउन्डेसनको सहयोगमा बन्न लागेको भूकम्प प्रतिरोधात्मक यस भवनमा दुई कोठा हुने विद्यालयका प्राचार्य रुषण वसीले दिएका छन् । 

]]>