देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वीर अस्पताल लाई कोभिड– १९ युनिफाइड अस्पताल बनाउने प्रक्रिया न्याम्स ऐन विपरीत

देशान्तर

कोभिड युनिफाइड अस्पतालको प्रमुखमा नियुक्त डा. गौतम किर्तेमा दोषी भएको उजुरी

काठमाडौं । वीर अस्पताल कर्मचारीहरुलेले वीर अस्पताललाई कोभिड– १९ युनिफाइड अस्पताल बनाउने निर्णय न्याम्स ऐन विपरीत भएको, किर्ते प्रमाणित डा. जागेश्वर गौतमलाई अस्पतालको प्रमुख बनाएको, अनियमितता बाधा प्र्‍याउने ठानेर उपसचिवको सरूवा गरेको लगायतका विषय समेटेर प्रधानमन्त्रि तथा प्रतिष्ठानका कुलपति एव कोभिड– १९ निर्देशन समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्तकता केन्द्र, सम्पत्ति शुद्धिकरण तथा सिसिएमसिमा उजुरी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयले स्वायत्त चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको वीर अस्पताललाई ऐन विपरित अध्यादेशमार्फत वीर अस्पताल स्वास्थ्य मन्त्रालय मातहत को अस्पताल भनि कोभिड– १९ संकट व्यवस्थापन अध्यादेश २०७८ यही २०७८/०२/६ गते जारि गर्दे अध्यादेशको दफा ६ (१) मा वीर अस्पताललाई कोभिड– १९ युनिफाइड केन्द्रीय अस्पताल हुने र सोको संचालन स्वास्थ्य मन्त्रालयले गर्ने तथा सो अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा निजामति सेवाको रा.प. प्रथम श्रेणी वा नेपाल सरकार स्वास्थ्य सेवाको ११औ तहको चिकित्सकलाई मन्त्रालयले नियुक्ति गर्ने ब्यवस्था गरेको छ । तर अध्यादेश न्याम्स ऐन विपरित रहेको न्याम्स पदाधिकारीनै बताउछन् ।

चिविराप्र ऐन को दफा ४ मा प्रतिष्ठान पुर्ण रूपमा स्वायत्त रहने ब्यवस्था छ भने ऐन को दफा ५ मा प्रतिष्ठान को स्वरूपमा वीर अस्पताल रहने स्पष्ट व्यवस्था रहेको उजुरीकर्ता कर्मचारीहरुको दाबी छ । साथै ऐनको दफा १४ (२) मा वीर अस्पताल चिविराप्रको हुने व्यबस्था रहेको भएपनि जेठ ६ गते जारी गरेको अध्यादेशले ऐन विपरीत मन्त्रालयले हस्तक्षेप गरेको वीर अस्पतालका पूर्व भिसि, निर्देशक र बरिष्ठ चिकित्सकहरू नै बताउँछनु । कोभिड युनिफाइड अस्पताल बनाए पनि प्रतिष्ठान मातहतमा रहने गरी गर्नुपर्ने उनीहरुको जिकिर छ ।

प्रतिष्ठानले दुवाकोट परियोजना अधि बढाई रहेको, वीर अस्पताल पुर्ण रुपमा कोभिड अस्पतालको रुपमा सन्चालन भैरहेको, ट्रमा सेन्टर कोभिड अस्पतालको रूपमा सन्चालित भैरहेको थियो भने नया सर्जिकल भवनमा कोभिड विरामीका लागि २५० बेड तयार गरिसकेको तथा कर्मचारी माग भई छनोट प्रक्रियामा रहेको र नयाँ भवनलाई चौधरी ग्रुपले आक्सिजन मेसिन जडान गर्दे गर्दा मन्त्रालयले हस्तक्षेप गर्नुमा किर्तेमा दोषी डा. जागेश्वर गौतमको आर्थिक चलखेलले काम गरेको कर्मचारीहरुको ठहर छ । कर्मचारी संघ सगठनहरुले नियमविपरित वीर अस्पताल मन्त्रालयमा गौतमलाई प्रमुख बनाएर लगेको र नियमविपरित नै अस्पताल प्रमुख नियुक्ति गरेको भन्दै बिरोध जनाएका छन । सरकारले यो निर्णय नसच्याए कानूनी उपचारमा जाने तयारी भइरहेको बीर अस्पतालमा कार्यरत एक चिकित्सकहरुले देशान्तरलाई बताए ।

ऐन र नियमावलीमा अस्पताल निर्देशक नियुक्ति उपकुलपति को सिफारिशमा स्वास्थ्य मन्त्रीबाट हुनु पर्ने व्यवस्था छ । तर भिसिको सिफारिश बिनै नियुक्ति भएको भन्दै त्यहाँ कार्यरत चिकित्सकहरुले बिरोध गरेका हुन् ।

२०६० सालमा वीर अस्पताल को कार्डियोथोर्यासिक बिभाग वीर अस्पतालबाट छुट्टाउदा सर्वोच्च अदालतले मुद्दा नं. २०६०/३२९१ ले स्वायत्त ऐन विपरीत भएको भनि सो निर्णय खारेज गरेको थियो । साथै वीर अस्पतालबाट ट्रमा सेन्टर छुट्टाउदा पनि सर्वोच्चले २०७२/१०/०५ को मुद्दा नं ०६८ (धय(११७७)ले सेन्टर न्याम्स वीर अस्पताल अन्तर्गत नै हुने आदेश दिएको थियो । वीर अस्पताल कर्मचारीले स्वायत्तता सम्बन्धमा पुनः सर्वच्च अदालतमा रिट दायर गर्दा सर्वोच्च अदालतले २०७४/१०/१४ गते ०७३ (धय(१३४२ फैसला ले पनि न्याम्स वीर अस्पताल स्वायत्त हो र ऐन अनुसारै सन्चालन गर्ने आदेश समेत दिएको थियो । तर त्यसलाई वेवास्ता गर्दै हाल स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवामा रहँदा विवादित छवि बनाएका डा. जागेश्वरलाई वीर र नयाँ सर्जीकल भवनमा खरिद हुने ४ अर्बको उपकरणको बजेट र दुवाकोट परियोजनाको डिपिआरको बजेट माथि आँखा गाडेर आफुनिकट बिवादित डा. जागेश्वर गौतमलाई स्वास्थ्य मन्त्रालय ले २०७८÷०२÷१० मा च.नं. २७६७ को पत्रबाट अध्यादेशको दफा ८ को काम गर्ने गरि अस्पताल प्रमुख मा नियुक्ति गरेको थियो।

डा. गौतम तिनै डाक्टर हुन जो भरतपुरको चितवन मेडिकल कलेज तथा बिभिन्न अस्पतालमा लगानी गरेको भनी कारबाहीमा परेका र किर्ते अभियोग प्रमाणित भएका व्यक्ति थिए । डा. गौतमलाई सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त गरेको थियो । तर विवादमा परेपछि उनले पदबाट राजिनामा दिएका थिए ।

स्वास्थ्य सेवा ऐनविपरीत चितवन मेडिकल कलेज, मौलाकालिका अस्पताल र ओम अस्पताल लगायतमा शेयर लगानी गरेको र दरबन्दी रहेको अस्पताल छाडेर चितवन र काठमाडौंमा काम गरेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रको सिफारिसमा स्वास्थ्य मन्त्रालयले डा. गौतमलाई कारबाही गरेको थियो।

स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५९, १(क) अनुसार सरकारी सेवामा कार्यरत कर्मचारीले कुनै पनि कम्पनी स्थापना, दर्ता वा सञ्चालनमा भाग लिन, स्वास्थ्य क्लिनिक वा निजी अस्पताल खोल्न तथा सञ्चालन गर्न पाइँदैन। सतर्कता केन्द्रको छानबिनबाट डा. गौतमले चितवन मेडिकल कलेज र ओम अस्पतालमा ठूलो मात्रामा सेयर लगानी गरेको भेटिएको थियो। उनले गोरखा जिल्ला अस्पतालमा १० औं तहमा कार्यरत रहँदा उक्त लगानी गरेको स्रोतको दाबी छ ।

सतर्कताले उनी तत्कालीन समयमा दरबन्दी रहेको गोरखा अस्पतालमा हाजिर नभई चितवन मेडिकल र ओम अस्पतालमा काम गरेकोसमेत औंल्याएको थियो। उनले २०६३÷१२÷२३ सिएमसि को ५०,००० कित्ता शेयर लिन निवेदन दिएका थिए । २०६४/ १/२८ सम्म मा उनिसँग सिएमसिको १,८८,००० शेयर जम्मा गरेका थिए सो पछी उनले २०६९/१२/२५ मा आइ पुग्दा उनिसग चितवन मेडिकल कलेज को शेयर ८७००१ देखि १०००००, ७५०००१ देखि ७७५०००, र १०००००१ देखि १०२५००० गरी जम्मा १७६४२८ कित्ता शेयर लियका थिए जुन गैरकानूनी थियो ।

साथै उनले मेडिकल कलेजको अध्यक्षबाट २०६७/०९/३० मा राजिनामा दिएका थिए भने आफू नै सिएमसिको अध्यक्ष हुँ भन्दै किर्ते गरि २०६९/१२/५ रामदेवमीर मन्दिर भवन गुण्जरोड पालनपुर भारतका निलेशकुमार दिलसुखभाई अग्रवाललाई ३२३२३७० कित्ता शेयर बेचेका र सो बापतको रकम उनले आफ्नो नाममा खाता रहेको ऐभरेष्ट बैकमा जम्मा गरेका थिए ।

किर्ते गरेको अभियोगमा ऊनलाई चितवन मेडिकल कलेजले काठमाडौ जिल्ला अदालतमा २०७० मा कीर्ते जालसाज मुद्दा दर्ता गरेको थियो । सो मुद्दा नं. 070-pc-0949  निर्णय न 284 ले जिल्ला न्यायाधीश विण्णुप्रसाद अर्यालको इजलाश लेचैत्रमा फैसाला गर्दे किर्ते जालसाजी गरेको ठहर गर्दे रु तीन हजार जरिवाना गरेको थियो ।

स्वास्थ्य मन्त्रालय का एक बरिष्ठ अधिकारी भन्छन– सतर्कता केन्द्रको सिफारिसका आधारमा ग्रेड घटुवालगायत कारबाही गरेको र किर्त जालसाजी मा काठमाडौ जिल्ला अदालत ले २०७० चैत्र मा जरिवाना तिराएको यस्तो मान्छेलाई वीर अस्पताल जस्तो ठाउमा ल्याउन मिल्दैन।
डा. गौतमले चितवन मेडिकल कलेजको सञ्चालक अध्यक्ष नरहेको अवस्थामा अध्यक्ष हु भन्दै समेत सेयर खरिद सम्झौतामार्फत सेयर खरिदबिक्री गरी विदेशी लगानी स्वीकृत गरिपाऊँ भन्दै किर्ते जालसाजी गरेको केन्द्रीय अनुसन्धान ब्युरोको छानबिनले देखाएको थियो।

उनि गत बिहिवार ११ गते वीर अस्पतालमा आएर पदवहाली गर्दा निर्देशक डा. शान्ता सापकोटाको बोर्ड हटाएर दादागिरी शैलीमा आफ्नो बोर्ड टासेको बीरका एक कर्मचारीले सुनाए । मसँग सबै आर्थिक र प्रसासनिक अधिकार छ भन्दै भिसि, रेक्टर, रजिस्टार,लेखा, प्रशासन र कर्मचारीलाई थर्काउदैछन । म सग काम गर्ने भय गर ,मेरो बिरोध नगर नत्र तिमीहरुको सरुवा गर्दिन्छु, अध्यादेशनुसा कार्रवाई गर्छु भन्दै कर्मचारीलाई धम्काईरहेको ति कर्मचारीले सुनाए । प्रशासनका एक कर्मचारिले बताएरअनुसार उनि कोभिड उपचार र रोकथाम भन्दा पनि कोभिड को नाममा आउने बजेटमा ध्यान दिएर आएका हुन ।

उनि अहिले आउदा साथ अस्पताल को समस्या बुझ्नु भन्दा पनि के के सामान आबश्यक छ र ति सामान को सग किन्ने भनेर आफुनिकट ब्यापारी बोलाएर उनिहरु सग भयको उपकरण को लिस्ट लिदै उनिहरु लाई नै हुने गरी स्पेफिकेशन बनाउदै रु तत्काल ६० करोड बराबरको टेन्डरको तयारी गरिरहेका छन । उनी अहिले आफ्नो लगानि रहेको म्याक्सिम इन्कपर्रिशन ट्रेडसमार्फत आफ्नो ब्यापार बढाउन वीरमा आएको स्रोतको दाबी छ । जुन ट्रेडस पर्वत का सुन्दर भुषाल को नाममा छ डा गौतम को घर पनि तत्कालीन राम्जा देउराली २ पर्वत नै हो । यसमा डा जागेश्वर गौतमको लगानि रहेको बताइन्छ । अव वीर र सर्जिकल भवनमा हुने अरवौको ठेक्का पट्टा उनले आफ्नै म्याक्सिम लाई हुने गरी स्पेफिकेशन तयार गरी टेन्डर गर्दे छन ।

डा. गौतम कै दवावमा काठमाडौ महानगरपालिकाले वीर अस्पताललाई दिने १५ बटा भेन्टीलेटर र ५० बटा मनिटर पनि जेठ तिन गते न्याम्स कार्यकारी बाट सिधै म्याक्सिम सग किन्ने निर्णय गराएका थिए तर सो बिवादित भय पछी वीर अस्पतालले यही 23-05-2021 मा म्याक्सिमलाई हुने गरी IFB No :NAMS/NCB/ER/77/78/21  र 22 मा टेन्डर निकालेको छ । उनले आफुसँग अधिकारै नभएको अधिकार प्रयोग गरि यही शुक्रवार १४ गते बिवादित रुपमा उपनिर्देशकको निर्युति गरेका छन ट्रमा सेन्टर का बिवादित र कनिष्ठ डा नविन पोखरेल लाई उनले उप निर्देशक मा नियुक्ति गरेका हुन पोखरेल तिनै डाक्टर हुन इलाट भन्ने तालिम केन्द्र खोलेर स्वास्थ्य कर्मी र नर्सिंग लाई ओटी र ऐनेस्थेसिया साहायक तालिम ट्रमा सेन्टर मा गराएर निजहरू सग प्रतिमहिना ४००० लिने र अस्पताल लाई एक पैसा पनि नबुझाउने डाक्टर हुन उनको यो धन्दा बिगत ५ बर्ष देखि चरिरहेको छ तर ट्रमा निर्देशक केही गर्दैन ट्रमाकै डाक्टर हरू बताउछन उनि ट्रमा सेन्टर को खरिद प्रमुख पनि हुन उनले खरिद मा हुदा वराल थर गरेका त्रिपुरेश्वर का ब्यापारी सग मिलेर गुण्तरहिन ऐम्बुलेंस, डेक्सा मेसिन,सि आर्म ,माइस्कोप लगायत कमिसन खाएर टेन्डर सदर गरेका थिए सो खरीदको
समन्धमा अक्तियार, र प्रधानमन्त्रि कार्यलय मा समेत उजुरी परे पछी स्वास्थ्य मन्त्रालय ले छानबीन समिति बनाएर काम गरिरहेको र उनि लगायत ले भष्टाचार गरेकाले आवश्यक छानवीन को लाई सो प्रतिवेदन प्रधानमंत्री, अक्तियार, सर्तकता र सम्पत्ति शुद्दीकरण बिभाग पठाएको छ । उनि ट्रमा सेन्टर मा अपरेश गर्ने बिरामी लाई आफ्नो ससुरा को फर्म बाट मात्र बिहोष गराउने र आइ सि यु मा प्रयोग हुने औषधि किन्न लगाउछन भने अनेत्रबाट सामान किनेमा उनि अपरेशननै गर्देनन ।ट्रमा का एक डाक्टर भन्छन यस्ता भष्ट र नैतिक हित डाक्टर लाई उप निर्देशक बनाएर डा गौतम कुन उद्देश्य ले वीर आएको स्षस्टै छ डा नवीन को बारेमा अक्तियार, सर्तकता केन्द्र, सम्पत्ति शुद्दीकरण बिभाग र स्वास्थ्य मनत्रालय मा उजुरी समेत परेको थियो स्वास्थ्य मन्त्रालय ले त छानबीन समिति समेत गठन गरि छानवीन गरिरहेको छ र छानबीन समिति ले वीर र ट्रमा खरिद लाई थप छानवीन र कारवाई गर्ने अक्तियार मा सिफारिश गरेको छ ।

जे होस गौतम आफै भष्ट्राचारी त्यस माथि डा नवीन उनको उपनिर्देशक अब खुब जम्ने भो यिनहरु को जोडी डा गौतमले विगतदेखि नै वीर अस्पताललाई धराशायी बनाउन ठुलो भुमिका खेलेका थिए वीरको बिग्रियका उपकरण मर्मत र कर्मचारीलाई तलव खुवाउनसमेत समस्या परेको वेलामा वीर अस्पताललाई रकम नदिन मन्त्रालयमा दवाव दिने गर्थे उनि न्याम्सको भिसि हुन निवेदन दिएका थिए तर किर्ते भनेऋ तत्कालीन स्वास्थ्य मन्त्रीले ऊनलाई भिसिलाई सिफारिश गरेर डा गौतमले त्यो बेलाको रिस फेर्ने अहिले वीर आएका हुन- न्याम्सका एक पदाधिकारी बताउछन । उनिले सर्जिकल भवन सन्चालन गर्ने सहमति र रकम मन्त्रालय सग माग गर्दा उनले रोक्ने गरेको न्याम्स पदाधिकारी नै बताउछन, उनि नया भवन सन्चालन को लाई आवश्यक पर्ने कर्मचारी विना बिज्ञापन राख्न आफुनिकट वीर अस्पताल र ओम अस्पताल का केही कर्मचारी ऐजेंट मार्फत जागिर खानेहरु को प्रमाण पत्र पैसा लिदै जम्मा गरिरहेका छन ।उनको अर्को अर्जुन द्रृष्टि भनेको वीर अस्पताल को दुवाकोट को डिपिआर र खर्बो बजेट र सरकार को तिन बर्ष निर्माण योजना मा करोडौ कमाउने हो न्याम्स पदाधिकारी भन्छन । नियमविपरित नियुक्ति भयर आए पछी हाल सम्म पुर्ण रूपमा निर्माण सम्पन्न नभयको भवन निर्माण कम्पनी सग कमिसन माग गरिसकेको वीर लेखा सोत्र बताउछन गत शनिवार डा जागेश्वर ले मेडिकल माफिया सग भेट गरी सर्जिकल उपकरण र सामान हरु को लिस्ट दिदै यि सामान तपाई हरु सगै लिने हो तपाई सग भयको सामान को लिस्ट र स्पेक दिनु म त्यही अनुसार को स्पेफिकेशन राखेर उपकरण सिधै पनि खरिद गर्ने म सग अधिकार छ कति पैसा दिने भन्नुस भनि बार्गेनिंग गरिरहेको छन । उनिहरु सग कर्मचारी सबै रूष्ट छन कर्मचारी लाई मेरो बिरोध गरेमा तिमिहरुको जागिरै खाइदिन्छु भन्छन यिनि वीर अस्पताल बनाउन होइन पैसा कमाउन आएका हुन । उनले आफु लाई सजिलो हुनलाई र प्रसासनमा बिरोध नआयोस भनेर वीर अस्पतालका उपसचिवलाई हिजो वीर अस्पतालबाट बाहिर सरुवा गरेका छन न्याम्स जोगाउन कर्मचारीहरू अदालत जाने तयारी कर्मचारी भन्छन कोभिड १९ अस्पताल वन्नू राम्रो हो तर न्याम्स अन्तर्गत नै हुनु पर्छ सध का नेता भन्छन डा गौतम को चितवन को किर्ते कान्ड,काठमाडौ जिल्ला अदालत को आदेश, सर्तकता को कारवाई र डा नवीन को ट्रमा मा गरेको भष्ट्राचार को पुन छानबीन गर्ने प्रधानमन्त्रि कार्यालय, ,अख्तियार, सर्तकता केन्द्र, सम्पत्ति शुद्दीकरण बिभाग, सिसिएमसि,स्वास्थ्य मन्त्रालय र कोभिड १९ निर्देशन समितिमा उजुरी दिएका छन्।

उजुरी जस्ताको तस्तै

२०७८/०२/२२
सम्माननीय प्रधानमन्त्री ज्यु एंव
कुलपति ज्यू
चि वि रा प्र वीर अस्पताल
तथा
अध्यक्ष
कोभिड १९ निर्देशन समिति
सिहदरवार

श्रीमान प्रमुख ज्यू
अक्तियार दुरुपयोग अनुसंधान आयोग
टंगाल,काठमाडौ

माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री ज्यू
एंव सहकुलपति ज्यू
रामशाहपथ,काठमाडौ

श्री कोभिड (१९ सङ्कट व्यवस्थापन केन्द्र
सिहदरवार ,काठमाडौ

श्रीमान सचिव ज्यू
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
रामशाहपथ,काठमाडौ

श्रीमान प्रमुख ज्यू
सम्पति शुद्दीकरण विभाग
ललितपुर

श्री मान सचिव ज्यू
राष्ट्रीय सर्तकता केन्द्र
सिहदरवार, काठमाडौ

श्रीमान प्रमुख विशेषज्ञ
डा रोशन पोखरेल ज्यू
स्वास्थ्य मन्त्रालय

विषय स् वीर अस्पताल लाई कोभिड( १९ युनिफाइड अस्पताल बनाउने प्रक्रिया न्याम्स ऐन विपरीत भएको र युनिफाइड अस्पताल प्रमुख नियुक्ति ऐन विपरीत अनियमित तरिका ले बिवादित डाक्टर लाई नियुक्ति गरिएकाले सो समन्धमा न्याम्स ऐन ,नियम अनुसार गरिदिनहुन अनुरोध गर्दछौं।

उपरोक्त समन्धमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले चिविराप्र को स्वायत्त वीर अस्पताललाई कोभिड (१९ अस्पताल बनाउनु स्वागतयोग्य छ तर ऐन विपरित अध्यादेश मार्फत वीर अस्पताल स्वास्थ्य मन्त्रालय मातहत को अस्पताल र सन्चालन गर्ने भनि कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ यही २०७८/०२/६ गते जारि गर्दे अध्यादेश को दफा ६ ९१० मा वीर अस्पताल लाई कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल हुने र सो को सन्चालन स्वास्थ्य यन्त्रालय ले गर्ने तथा सो अस्पताल को प्रमुख प्रशासकीय अधिकारी मा निजामति सेवा को रा।प प्रथम श्रेणी वा नेपाल सरकार स्वास्थ्य सेवा को ११औ तहको चिकित्सक लाई नियुक्ति गर्ने ब्यवस्था गरेको छ तर सो अध्यादेश न्याम्स (प्रतिष्ठान)ऐन विपरित रहेको ।

चिविराप्र ऐन को दफा ४ मा प्रतिष्ठान पुर्ण रूपमा स्वायत्त रहने ब्यवस्था छ भने दफा ५ मा प्रतिष्ठानको स्वरुप मा वीर अस्पताल रहने स्पष्ट व्यवस्था छ ।ऐन को दफा १४ मा अस्पताल स्थापना र सन्चालन गर्ने व्यवस्था छ दफा १४ उपदफा ९२० मा वीर अस्पताल चिविराप्र को हुने व्यबस्था रहेको जानकारी गराउदछौ साथै चि वि रा प्र बैठक सन्चालन,पदाधिकारी काम कर्तव्य र अधिकार नियमावलीको नियम ११ मा अस्पताल निर्देशक को नियुक्ति र नियम १२ मा सहायक निर्देशक नियुक्ति को स्पष्ट व्यवस्था छ ।

तर जेठ ६ गते जारी गरेको अध्यादेश ले ऐन विपरीत मन्त्रालय ले हस्तक्षेप गरेकाले सो अध्यादेश को दफा ६ को उपदफा १ ,२,र ३ अस्पताल स्थापना र अस्पताल प्रमुख नियुक्ति को दफा खारेज योग्य छ र गर्नु पर्ने । कोभिड १९ युनिफाइड अस्पताल स्थापना स्वागत योग्य छ तर सो स्थापना र सन्चलन न्याम्स अन्तगर्त नै रहनु का साथै सन्चालन हुने गरि निर्णय गरी दिनु हुन हार्दिक अनुरोध गर्दछौ।

प्रतिष्ठान ले दुवाकोट परियोजना अधि बढाई रहेको ,वीर अस्पताल पुर्ण रुपमा कोभिड अस्पताल को रुपमा सन्चालन भैरहेको ,ट्मा सेन्टर मा कोभिड अस्पताल को रूपमा सन्चालित भैरहेको थियो भने नया सर्जिकल भवन २५० बेड तयारी गरि सकेको कर्मचारी माग भई छनोट प्रक्रिया मा रहेको र नया भवन लाई चौधरी ग्रुप ले आक्सिजन मेसिन जडान गर्दे गर्दा स्वास्थ्य मन्त्रालय को केही ब्यक्ति को स्वार्थ पुर्ती का लाई ऐन बिपरित अध्यादेश ल्याएर वीर अस्पताल प्रतिष्ठान बाट अलग गराउनु ऐन बिपरित रहेको हुदा सो निर्णय सच्चाई ऐन अनुसार गरिदिनु हुन अनुरोध गर्दछौं।

२०६० साल मा वीर अस्पताल को कार्डियोथोर्यासिक बिभाग वीर अस्पताल बाट छुट्टाउदा सर्वोच्च अदालत ले मुद्रा न २०६०( ३२९१ ले स्वायत्त ऐन विपरीत भयको भनि सो निर्णय खारेज गरेको साथै वीर अस्पताल बाट ट्रमा सेन्टर छुट्टाउदा पनि सर्वोच्च ले २०७२र१०र०५ ९ मुद्दा न ०६८(धय(११७७०ले सेन्टर न्याम्स वीर अस्पताल अन्तर्गत नै हुने र भयको आदेश दिएको थियो भने वीर अस्पताल कर्मचारी ले स्वायत्तता समन्धमा पुन सर्वच अदालत मा रिट दायर गर्दा सर्वोच्च अदालत ले २०७४र१०र१४ गते ०७३(धय(१३४२ फैसला ले पनि न्याम्स वीर अस्पताल स्वायत्त हो र ऐन अनुसारै सन्चालन गर्ने आदेश समेत दिएको थियो र सो फैसाला कार्यान्वयन गर्ने सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले पटक पटक ताकेता पत्र पठाएको पनि जानकारी गराउदछौ।सो हुदाहुदै पनि हाल स्वास्थ्य मन्त्रालय प्रतिष्ठान अन्तर्गतको वीर अस्पताल अध्यादेश मार्फत अस्पताल अलग गराउनु गैरकानूनी हो

अस्पताल प्रमुख नियुक्तिमा पनि ऐन र नियमविपरित बिवादित डा जागेश्वर गौतम लाई नियुक्ति गरेको हुदा सो नियुक्ति पनि खारेज गरी ऐन अनुसार गरिदिनु हुन अनुरोध गर्दछौं डा गौतम २०७८र०२र१० मा च।न २७६७ को पत्र बाट अध्यादेश को दफा ८ को काम गर्ने गरि अस्पताल प्रमुख मा नियुक्ति गरेको थियो। डा गौतम तिनै डाक्टर हुन २०५९(२०६० सालमा भरतपुर को चितवन मेडिकल कलेज तथा बिभिन्न अस्पतालमा लगानी गरेको भनी कारबाहीमा परेका र काठमाडौ जिल्ला अदालत ले किर्ते अभियोग प्रमाणित भएका चिकित्सक डा। जागेश्वर गौतमलाई सरकारले केही बर्ष पहिले नेपाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त गरेको थियो विवाद परे पछी उनले राजिनामा समेत गरेका थिए ।

स्वास्थ्य सेवा ऐनविपरीत चितवन मेडिकल कलेज र ओम अस्पताल चाबहिल लगायतमा सेयर लगानी गरेको र दरबन्दी रहेको अस्पताल छाडेर चितवन र काठमाडौंमा काम गरेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रको सिफारिसमा स्वास्थ्य मन्त्रालयले डा। गौतमलाई कारबाही गरेको थियो।

तत्कालीन समयमा गोरखा जिल्ला अस्पतालमा कार्यरत १० औं तहका डाक्टर जागेश्वर गौतमले राज्यको कानुनलाई छल गरी अकुत सम्पत्ति आर्जन गरेर मौलाकालिका अस्पताल–भरतपुर, चितवन मेडिकल कलेज–भरतपुर, ओम अस्पताल–चितवन तथा मनमोहन मेमोरियल अस्पतालमा लगानी गरी ठूलो धनराशीको शेयर खरिद गरेको चितवन र काठमाडौंमा बसेर गोरखामा हाजीर गरी एकातिर गौतमले गरिव निमुखा जनतालाई राज्यको कर खाएर उपचार सेवाबाट बञ्चित गराएका थिए र स्वास्थ्य माथि नै खेलवाड गरिरहेका थिए भने अर्कातिर राज्यलाई ढाटेर राजश्व र कर समेत नतिरी काठमाडौंको बालुवाटारमा ५ करोड बराबरको घर खरिद गरेको पनि छन। गौतमले भरतपुर नगरपालिका–११ मा घडेरी र घर समेत खरिद गरी चितवनको कैलाश नगरमा करोडौं पर्ने तीन विगाहा जमिन खरिद गरी अकुत सम्पत्ति जोडेको हुदा उनले सेवा प्रवेश गरेदेखि हालसम्मको सम्पत्ति विवरण अनुसन्धान गरी कारबाहीमा पर्ने माग गर्दछौ ।

स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५९, १(क) अनुसार सरकारी सेवामा कार्यरत कर्मचारीले कुनै पनि कम्पनी स्थापना, दर्ता वा सञ्चालनमा भाग लिन, स्वास्थ्य क्लिनिक वा निजी अस्पताल खोल्न तथा सञ्चालन गर्न पाइँदैन। सतर्कता केन्द्रको छानबिनबाट डा। गौतमले चितवन मेडिकल कलेज र ओम अस्पतालमा ठूलो मात्रामा सेयर लगानी गरेको भेटिएको थियो। उनले गोरखा जिल्ला अस्पतालमा १० औं तहमा कार्यरत रहँदा उक्त लगानी गरेका थिए।


सतर्कताले उनी तत्कालीन समयमा दरबन्दी रहेको गोरखा अस्पतालमा हाजिर नभई चितवन मेडिकल र ओम अस्पताल लगायत काम गरेकोसमेत औंल्याएको थियो। उनले २०६४÷१÷२८ गते चितवन मेडिकल कलेज को शेयर कित्ता न ८७००१ देखि १०००००, ७५०००१ देखि ७७५०००, १०००००१ देखि १०२५०००, ११५०००१देखि १२६२५०० र २६७७९८१ देखि २६७८९०८ सम्म जम्मा १७६४२८ कित्ता शेयर किनेका थिए जुन गैरकानूनी थियो साथै उनले किर्ते सन्चालक समिति अध्यक्ष बनि २०६९÷१२÷०५ गते रामदेवमीर मन्दिर भवन गुण्जरोड पालनपुर भारत का निलेश कुमार दिलसुख भाई अग्रवाल लाई ३२३२३७० कित्ता शेयर बेचेका थिए र सो किर्ते गरेका ले ऊनलाई कारवाई समेत भएण्को थियो मन्त्रालयकै बरिष्ठ अधिकारी भन्छन सतर्कता केन्द्रको सिफारिसका आधारमा ग्रेड घटुवालगायत कारबाही गरेको र किर्त जालसाजी गर्ने यस्तो मान्छेलाई वीर अस्पताल जस्तो ठाउमा ल्याउन कमैचास्ु डा गौतमले चितवन मेडिकल कलेजको सञ्चालक अध्यक्ष नरहेको अवस्थामा समेत सेयर खरिद सम्झौतामार्फत सेयर खरिदबिक्री गरी विदेशी लगानी स्वीकृत गरिपाऊँ भन्दै किर्ते जालसाजी गरेको केन्द्रीय अनुसन्धान ब्युरोको छानबिनले देखाएको थियो। उनले आफू अध्यक्ष नै नरहेको अवस्थामा अध्यक्ष रहेको कागजात तयार पारी कलेजको बहुहिस्सा सेयर भारतीय दिलशुख पक्षलाई बेच्ने सम्झौता गरेका थिए।

चितवन मेडिकल कलेज मा लगानि गरेको भनि राष्ट्रीय सर्तकता केन्द्र ले कारवाई गरेको र किर्ती मुद्दा मा समेत कारवाई पाएका डाक्टर हुन अहिले उनि ओम अस्पताल मा समेत लगानि गरेको र त्याँहा काम समेत गर्छन।

उनि गत बिहिवार वीर अस्पताल आउदा साथ नि निर्देशक डा शान्ता सापकोटा को नेम प्लेट हटाउन लगाय र दादागिरी पारामा आफ्नो बोर्ड टासेका छन भने म सग सबै आर्थिक र प्रसासनिक अधिकार छ भन्दै भिसि ,रेक्टर, रजिस्टार ,लेखा,प्रशासन र कर्मचारी लाई थर्काउदैछन र दादागिरी देखाउछ।म सग काम गर्ने भय गर ,मेरो बिरोध नगर, उपकरण किन्ने सबै मेरो अधिकार हो मेरो बारेमा बिरोध गरेमा म वीर अस्पताल न्याम्स बाट सधै को लाई छुट्टाइदिन्छु म सर्वश्रेष्ठ हो नत्र तिमीहरु को सरुवा हान्दिन्छु अध्यादेश अनुसार कार्रवाई गर्छु भन्दै कर्मचारी लाई धम्काईरहेका छन ।प्रशासन ले बिरोध गर्ने थाले पछी उनले हिजै प्रशासन प्रमुख को सरूवा गरिदिएका छन हामिलाई लाग्छ उनि कोभिड उपचार र रोकथाम भन्दा पनि कोभिड को नाममा आउने बजेट मा ध्यान दिएर आएका हुन आखिर किर्ते डाक्टर न पर्ये।उनि अहिले आउदा साथ अस्पताल को समस्या बुझ्नु भन्दा पनि के के सामान आबश्यक छ र ति सामान को सग किन्ने भनेर आफुनिकट ब्यापारी बोलाएर उनिहरु सग भयको उपकरण को लिस्ट लिदै उनिहरु लाई नै हुने गरी स्पेफिकेशन बनाउदै तत्कालै रू ६० करोड बराबर को टेन्डर को तयारी गरिरहेका छन ।उनि अहिले आफ्नो लगानि रहेको म्याक्सिम इन्कपर्रिसन ट्रेडस मार्फत आफ्नो ब्यापार बढाउन वीर मा आएका हुन जुन ट्रेडर्स ९दर्ता न १३६००७० पर्वत का सुन्दर भुषाल को नाममा छ डा गौतम को घर पनि तत्कालीन राम्जा देउराली २ पर्वत नै हो । म्याक्सिम का धनी भुषाल र डा गौतम चितवन मेडिकल कलेज को किर्ता गरि भारतिय पक्ष लाई शेयर बेच्ने कार्य मा समेत उनि सल्ङलन थिए म्याक्सिम ट्रेडर्स मा डा जागेश्वर गौतम को लगानि रहेको छ ।अव वीर र सर्जिकल भवन मा हुने अर्वौ को ठेक्का पट्टा उनले आफ्नै म्याक्सिम लाई हुने गरी स्पेफिकेशन तयार गरी टेन्डर गर्दे छन । डा गौतम कै दवाव मा काठमाडौ महानगरपालिका ले वीर अस्पताल को लाई दिने १५ बटा भेन्टीलेटर र ५० बटा मनिटर पनि जेठ तिन गते न्याम्स कार्यकारी बाट सिधै म्याक्सिम सग किन्ने निर्णय गराएका थिए तर सो बिवादित भय पछी वीर अस्पताल ले यही द्दघ(ण्छ(द्दण्द्दज्ञ मा म्याक्सिम लाई हुने गरी क्ष्ँद्य ल्य स्ल्ब्ःक्रल्ऋद्यरभ्च्रठठरठडरद्दज्ञ र द्दद्द मा टेन्डर निकाले को छ । उनले आफुसग अधिकारै नभएको अधिकार प्रयोग गरि यही शुक्रवार १४ गते बिवादित रुपमा उपनिर्देशक को निर्युति गरेका छन ट्रमा सेन्टर का बिवादित र कनिष्ठ डा नविन पोखरेल लाई उनले उप निर्देशक मा नियुक्ति गरेका हुन पोखरेल तिनै डाक्टर हुन इलाट भन्ने तालिम केन्द्र खोलेर स्वास्थ्य कर्मी र नर्सिंग लाई ओटी र ऐनेस्थेसिया साहायक तालिम ट्रमा सेन्टर मा गराएर निजहरू सग प्रतिमहिना ४००० लिने र अस्पताल लाई एक पैसा पनि नबुझाउने डाक्टर हुन उनको यो धन्दा बिगत ५ बर्ष देखि चलिरहेको छ तर ट्रमा निर्देशक केही गर्दैन ट्रमाकै डाक्टर हरू बताउछन उनि ट्रमा सेन्टर को खरिद प्रमुख पनि हुन उनले खरिद मा हुदा वराल थर गरेका त्रिपुरेश्वर का ब्यापारी सग मिलेर गुण्तरहिन ऐम्बुलेंस, डेक्सा मेसिन,सि आर्म ,माइस्कोप लगायत कमिसन खाएर टेन्डर सदर गरेका थिए सो खरीदको
समन्धमा अक्तियार, र प्रधानमन्त्रि कार्यलय मा समेत उजुरी परे पछी स्वास्थ्य मन्त्रालय ले छानबीन समिति बनाएर काम गरिरहेको छ । उनि ट्रमा सेन्टर मा अपरेश गर्ने बिरामी लाई आफ्नो ससुरा को फर्म बाट मात्र बिहोष गराउने र आइ सि यु मा प्रयोग हुने औषधि किन्न लगाउछन भने अनेत्र बाट सामान किनेमा उनि अपरेशननै गर्देनन ।ट्रमा का एक डाक्टर भन्छन यस्ता भष्ट र नैतिक हित डाक्टर लाई उप निर्देशक बनाएर डा गौतम कुन उद्देश्य ले वीर आएको स्षस्टै छ डा नवीन को बारेमा अक्तियार ,सर्तकता केन्द्र , सम्पत्ति शुद्दीकरण बिभाग र स्वास्थ्य मन्त्रालय मा उजुरी समेत परेको थियो स्वास्थ्य मन्त्रालय ले त छानबीन समिति समेत गठन गरि छानवीन गरिरहेको छ र छानबीन समिति ले वीर र ट्रमा खरिद लाई थप छानवीन र कारवाई गर्ने अक्तियार मा सिफारिश गरेको छ ।

जे होस गौतम आफै भष्ट्राचारी त्यस माथि डा नवीन उनको उपनिर्देशक अब खुब जम्ने भो यिनहरु को जोडी डा गौतम ले विगत देखि नै वीर अस्पताल लाई धराशायी बनाउन ठुलो भुमिका खेलेका थिए वीर को बिग्रियका उपकरण मर्मत ,र कर्मचारी लाई तलव खुवाउन समेत समस्या परेको वेलामा वीर अस्पताल लाई रमक नदिन मन्त्रालय मा दवाव दिने गर्थे भने सर्जिकल भवन सन्चालन गर्ने सहमति र रकम मन्त्रालय सग माग गर्दा उनले रोक्ने गरेको न्याम्स पदाधिकारी नै बताउछन ।उनिको अर्को अर्जुन द्रृष्टि भनेको वीर अस्पताल को दुवाकोट को डिपिआर र खर्बो बजेट र सरकार को तिन बर्ष निर्माण योजना मा करोडौ कमाउने हो न्याम्स पदाधिकारी भन्छन । नियमविपरित नियुक्ति भयर आए पछी हाल सम्म पुर्ण रूपमा निर्माण सम्पन्न नभयको भवन निर्माण कम्पनी शर्मा सग कमिसन माग गरिसकेको वीर लेखा शाखा का कर्मचारी नै बताउन थालेका छन । शनिवार डा जागेश्वर ले मेडिकल माफिया सग भेट गरी सर्जिकल उपकरण र सामान हरु को लिस्ट दिदै यि सामान तपाई हरु सगै लिने हो तपाई सग भयको सामान को लिस्ट र स्पेक दिनु म त्यही अनुसार को स्पेफिकेशन राखेर उपकरण सिधै पनि खरिद गर्ने म सग अधिकार छ कति पैसा कमिसन दिने भन्नुस भनि बार्गेनिंग गरिरहेको छन ।उनि म सग सबै अधिकार छ भन्दै नया भवन लाई चाहिने कर्मचारी नियुक्ति गर्ने वीर अस्पताल र बालुवाटार तिरका आफ्ना ऐजेन्ट मार्फत पैसा उठाई उनिहरु को प्रमाण पत्र लिई रहेका छन वीर कर्मचारी सबै रूष्ट छन कर्मचारी लाई मेरो बिरोध गरेमा तिमिहरुको जागिरै खाइदिन्छु भन्छन तानाशाही शासन र दादागिरी देखाई रहेका छन यिनि वीर अस्पताल बनाउन होइन पैसा कमाउन आएका हुन । उनले आफु लाई सजिलो हुन का लाई र प्रसासन र खरिद प्रक्रिया मा बिरोध नआयोस भनेर वीर अस्पताल का उपसचिव लाई हिजो वीर अस्पताल बाट बाहिर सरुवा गरेका छन कारण उनले किर्ता गरि चितवन मेडिकल कलेज को शेयर भारतिय दिलशुख भाई बिक्री गर्दा छानविन गर्दा उनले अहिले सरूवा गरेका उपसचिव सो समय मा कम्पनी रजिस्टार कार्यलय मा थिए आफ्नो पहिले को किर्ते कान्ड बाहिर आउने र अहिले अनियमित खरिद र कर्मचारी नियुक्ति प्रक्रिया मा उनले सहयोग नगर्ने भएकाले उनलाई भष्टाचारी गौतमले अस्पतालबाट सरुवा गरेका हुन ।

हाम्रो ठहर के हो भने कोभिड १९ अस्पताल वन्नू राम्रो हो तर न्याम्स अन्तर्गत नै हुनु पर्छ किर्ते कान्ड, सर्तकताको कारवाई र स्वास्थ्य मन्त्रालयले ग्रेड घटुवा गरेको ब्यक्तिलाई अस्पताल प्रमुख वनाएकले उनको चितवन मेडिकल कलेजको शेयर खरिद गरेको, किर्ते गरी भारतियलाइ शेयर बेचेको, सर्तकता केन्द्रले गरेको कार्रवाई, स्वास्थ्य यन्त्रालयले गरेको ग्रेड घटुवा, म्याक्सिम इन्कपोरेड सगको समन्धमा लगायत बिषयमा छानवीन र उनको सम्पत्ति छानबीन गर्ने र उनले ट्रमा सेन्टर को खरिद प्रमुख भयको र बिभिन्न कान्डमा छानबीन को दायारा मा रहेका डा नवीन पोखरेल लाई उपनिर्देशक नियुक्ति गैरकानूनी रहेको हुदा सो निर्मण सबै खारेज गरि न्याम्स ऐन ,नियम अनुसार गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौंः

वीर अस्पताल कर्मचारी परिवार
२०७८/०२/२२