काठमाण्डौ– काठमाण्डौको गोकर्णेश्वर नगरपालिकाले कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने दिन र ठाउँ तोकेको छ ।
६० देखि ६४ वर्ष उमेरका नागरिकलाई भोलिदेखि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले गोकर्णको सहयोगी माविमा र चामुण्डा मावि नारायणटारमा रहेको खोप केन्द्रबाट खोप दिइने बताए ।
खोप लगाउन जाँदा उमेर खुल्ने परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र वा सम्बन्धित वडा कार्यालयको सिफारिस लैजानु पर्दछ । चीनले कोरोनाविरुद्धको भेरोसेलको १० लाख डोज अनुदानमा उपलब्ध गराएपछि ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई यो खोप दिन लागिएको हो।
चीनले यसअघि नेपाललाई ८ लाख डोज खोप अनुदानमा दिएको थियो ।
प्रतिक्रिया