देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संवैधानिक इजलास स्थगित,आज सुनुवाइ नहुने

देशान्तर

काठमाडौं – संसद विघटनविरुद्धका रिटहरुमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास स्थगित भएको छ ।

सर्वोच्च अदालतले संवैधानिक इजलासको पेशी सोमबारका लागि नतोकेकाले सुनुवाइ हुनेछैन ।

संवैधानिक इजलास नबस्नुको कारण भने खुलेको छैन । यद्यपि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अस्वस्थ भएको अपुष्ट सूचनाहरु सार्वजनिक भइरहेका छन् । तर स्वास्थ्यमा कस्तो खालको समस्या हो भन्ने थाहा हुनसकेको छैन ।

सर्वोच्च अदालत प्रशासन स्रोतले भन्यो, ‘प्रधानन्यायाधीशको स्वास्थ्य गडबड भएको भन्ने हल्ला हामीले पनि सुनेका छौं । तर विस्तृतमा थाहा छैन ।’

संसद विघटन सम्बन्धी मुद्दा हेर्न प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई छन् ।

तर यो इजलासबाट निष्पक्ष फैसला आउनेमा सरकारी पक्षले नै आशंका गर्दै आएको छ । सरकारको कानूनी सल्लाहकार रहने महान्यायाधिवक्ता रमेश बडालसहित सरकारी पक्षका वकिलहरुले इजलासबाट कार्की र भट्टराईलाई हटाउन माग गरेका थिए ।

आइतबार सरकारी पक्षबाट यो माग उठेपछि प्रधानन्यायाधीश राणाले मानहानिको मुद्दा चलाउने चेतावनी दिएका थिए ।