देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाकिस्तानमा दुई वटा रेल ठोक्किँदा ३० जनाको मृत्यु

देशान्तर

काठमाण्डौ– पाकिस्तानमा दुई वटा रेल ठोक्किँदा ३० जनाको ज्यान गएको छ ।

पाकिस्तानको सिन्ध प्रान्तमा दुई वटा रेल आपसमा ठोक्किएको हो ।

दुर्घटनामा कम्तीमा पनि ४० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ । रेडियो पाकिस्तानका अनुसार केहीको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने अनुमान छ । रेलका डब्बामा फसेकाहरुको उद्धारका लागि उद्धार टोली खटिएको बताइएको छ ।

रावलपिण्डीबाट कराचीका लागि छुटेको सर सैयद एक्सप्रेस र कराचीबाट सरगोधका लागि छुटेको मिल्लत एक्सप्रेस ठोक्किएका हुन् । दुर्घटनामा मिल्लत एक्सप्रेसको आठ र सर सैयद एक्सप्रेसको इन्जिनसमेत गरी तीन वटा डब्बा रेलको लिकबाट उछिट्टिएको छ । दुर्घटना भएको रेलको लिकमा अहिले आवतजावतमा रोक लागाइएको छ ।