देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उत्तर कोरियामा विदेशी कपडा लगाए वा फिल्म हेरे मृत्युदण्ड

देशान्तर

उत्तर कोरियाले आफ्नो मुलुकमा विदेशी प्रभाव रोक्ने भन्दै नयाँ कानुन जारी गरेको छ ।


नेता किम जोङ उनले विदेशी प्रभाव आफ्नो देशमा भित्रन नदिन सो कानुन जारी गरेका हुन् । नयाँ कानुन अनुसार उत्तर कोरियामा विदेशी चलचित्र प्रदर्शनीमा रोक लगाइएको छ ।


यस्तै विदेशी कपडा प्रयोग गर्नेले कानुनी कारवाहीको भागीदार हुनुपर्ने नयाँ कानुनी व्यवस्था गरिएको छ ।

यस्तै विदेशी फेसनको नक्कल गर्नेमाथि पनि कडा कारवाही गर्न नेता उनले निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसैगरी अवैध भिडियो हेरेमा मृत्युदण्ड दिने नयाँ कानुनमा उल्लेख रहेको बीबीसीले जनाएको छ ।

इन्टरनेटमा राज्यको नियन्त्रण कायमै राखिएको छ भने सरकारी सञ्चारमाध्यमबाहेक अन्य सञ्चारमाध्यम सञ्चालनमा रोक लगाइएको छ ।


उत्तर कोरियाले आफ्नो मुलुकबाहिरको सूचनामा नागरिकमाथि नियन्त्रण गर्न खोजेको विश्लेषकहरुले बताएका छन् ।

लामो समयदेखि नाकाबन्दीको सामना गरिरहेको उत्तरले गत वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको असरका बारेमा हालसम्म पनि आधिकारीक सूचना बाहिर ल्याएको छैन ।
यसै वर्षको सुरुमा नेता किमले आफ्ना नागरिक कष्टपूर्ण जीवनयापन गरिरहेको बताएपनि अन्यत्रको सहयोग नलिने घोषणा गरेका थिए ।