देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रौतहटमा चार निरीक्षक निष्कासित

देशान्तर

रौतहट । एसएलसी परीक्षाअन्र्तगत आजको अङ्ग्रेजी विषयको परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै परीक्षा अनुगमन टोलीले यहाँका चार निरीक्षकलाई निष्कासन गरेको छ । 

उच्च मावि सिमरा भवानीपुर परीक्षा केन्द्रमा निरीक्षकका रुपमा रहेका इन्द्र चौधरी र रामदयाल साह निष्कासनमा परेका हुन् । 

यसैगरी, नेमधारी वासुदेव उच्चमावि मुडवला परीक्षा केन्द्रबाट पनि दुई जना निरीक्षकलाई निष्कासन गरिएको छ । 

परीक्षा अवधिभर निरीक्षण बस्न नपाउने गरी निष्कासन गरिएको परीक्षा अनुगमन तथा समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नरहरि बरालले बताए  । 

रौतहटबाट यस वर्षको एसएलसी परीक्षामा १० हजार १५४ जना परीक्षार्थी सहभागी भएका छन् ।  

]]>