काठमाडौं । त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा अध्ययनरत विद्यार्थीलाई खाद्यान्न वितरण गरिएको छ । विश्व हिन्दु महासंघकी वरिष्ठ उपाध्यक्ष एवं रुडुक नेपालकी केन्द्रीय महासचिव जोत्सना साउद तथा नेपाली काङ्ग्रेस सुभेच्छुक संस्था समन्वय विभागका केन्द्रीय सदस्य युवराज अधिकारीको संयुक्त पहलमा विद्यार्थीहरुलाइ खाद्यन्न वितरण गरिएको हो ।
कोभिड संक्रमण रोकथान तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण समस्यामा परेका मध्य तथा सुदूरपश्चिमका ५० जना विद्यार्थीलाई आइतबार राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरेको कांग्रेस युवानेता दिपक जोशीले जानकारी दिए । उनका अनुसार राहतमा चामल, दाल, तेललगायत वितरण गरिएको हो ।
सुदूरपश्चिम तथा मध्यपश्चिमबाट काठमाडौमा आई अध्ययन गरिरहेका खाद्यान्न समस्या भएका विद्यार्थीहरुलाई थोरै भए पनि राहत होस भन्ने उद्देश्यले खाद्यान्न सामग्री वितरण जोशीले बताए । समस्यामा रहेका विद्यार्थीहरुलाई अझै राहत बाड्ने कार्यक्रम रहेको समेत उनले जानकारी दिए ।
प्रतिक्रिया