देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पहिलो दिनको एसएलसी परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न

देशान्तर

भक्तपुर । आजदेखि देशभर एकै साथ सुरु भएको यस वर्षको प्रवेशिका परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । 

परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले आजको पहिलो दिनको अङ्ग्रेजी विषयको परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिए । 

<span style=”font-size:16px;”>देशभर एक हजार ४४३ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि १०ः३० बजेसम्म सञ्चालन भएको परीक्षामा कुल छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भएका थिए । भोलि १९ गते नेपाली विषयको परीक्षा सञ्चालन हुनेछ । 

यसैबीच, भक्तपुरको तीन वटा एसएलसी परीक्षा केन्द्र महिलाको जिम्मामा सञ्चालन भएको छ । जिल्लाको दरबार स्क्वायरस्थित विद्यार्थी निकेतन उच्च मावि, व्यासीस्थित वासु उमावि र मध्यपुरथिमिस्थित आदर्श उच्च माविको परीक्षाको सम्पूर्ण जिम्मा महिला जनशक्तिलाई लगाइएको जिल्ला शिक्षा अधिकारी दिनेशकुमार श्रेष्ठले जानकारी दिए ।  

विद्यार्थी निकेतन उमाविकी प्राचार्य सर्जनी जोशी, आदर्श उमाविकी प्राचार्य विद्यादेवी चित्रकार र वासु उमाविकी प्राचार्य अम्बिका न्याईच्याई केन्द्राध्यक्ष रहेका यी तीन परीक्षा केन्द्रमा सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी समेत महिला नै परिचालन गरिएको श्रेष्ठले जानकारी दिए ।  

भक्तपुरमा चारजना अपाङ्गले परीक्षामा सहभागिता जनाएका छन् । 
प्रहरी हिरासतबाटै एसएलसी परीक्षा 

प्रहरीको हिरासतमा रहेका दुई व्यक्तिले आज महानगरीय प्रहरी बृत्त भक्तपरको प्रहरी हिरासतबाटै एसएलसी परीक्षा दिएका छन् । 

दुई साताअघि भक्तपुरको लोकन्थलीमा छुरा प्रहार गरी विजय लामाको हत्या गरेको अभियोगमा महानगरीय प्रहरी वृत थिमिको हिरासतमा रहेको अर्पण राई र नीरन मोक्तानले हिरासतमै रहेर एसएलसी परीक्षा दिएका हुन् । 

कर्तव्य जान मुद्दामा भक्तपुर अदालतबाट म्याद थप भई प्रहरी अनुसन्धानका लागि हिरासतमा रहेका उनीहरुले आज पहिलो दिनको अनिवार्य अङ्ग्रेजीतर्फको परीक्षा दिएका प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।  

]]>