सुर्खेत – नेकपा एमालेले सुर्खेतले जिल्ला कमिटी सचिव मोहनसिंह बडुवाललाई पदमुक्त गरेको छ ।
माधव पक्षका नेता बडुवालको अध्यक्षतामा सुर्खेतमा समानान्तर कमिटी गठन गरिएको थियो । जिल्ला कमिटिको आजको बैठकले एमालेका उनलाई पदमुक्त गर्ने निर्णय गरेको अध्यक्ष ध्रुवकुमार शाहीले बताए ।
शाहीका अनुसार सरकार र पार्टीविरुद्ध विपक्षी गठबन्धनमा सहभागी भई विज्ञप्ति जारी गर्ने, आन्दोलनको आव्हान गर्ने र आफ्नो नेतृत्वमा एमाले जिल्ला कमिटी घोषणा गरी पार्टी विधानविपरीत गतिविधि गरेकोले उनलाई पदमुक्त गरिएको हो ।
त्यस्तै पार्टी एकता र भावनाविपरीत गतिविधिमा संलग्न जनप्रतिनिधिलाई पनि स्पष्टीकरण सोध्ने बैठकले निर्णय गरेको छ ।
प्रतिक्रिया