देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्री बनेपछि राजेन्द्र महतोले भने- बहुल राष्ट्रिय राज्यका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्छौँ

देशान्तर

काठमाडौँ – शुक्रबार उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री बनेसँगै जसपा नेता राजेन्द्र महतोले विवादित अभिव्यक्ति दिएका छन् । मन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री महतोले नेपाललाई बहुल राष्ट्रिय राज्यतर्फ लैजाने बताएका छन् । महतोले देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने बताएका छन् । 

उनले आफूहरु बहुल राष्ट्रिय राज्य अभियानमा रहेको बताउदै भने, ‘हामी बहुल राष्ट्रिय राज्यका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्छौँ । हामी हाम्रा मुद्दाहरु स्थापित गरेर छाड्छौँ, सरकारमा जाने निर्णय त्यसकै लागि भएको हो।’

महतोले आफुहरु जति दिन सरकारमा रहेपनि आफ्ना मुद्धामा केन्द्रित रहने बताए । उनले भने, ‘हामी वैकल्पिक शक्तिका रुपमा अघि बढ्छौँ। जति दिन सरकारमा रहन्छौं, हाम्रा माग मुद्दामा केन्द्रित भएर काम गर्छौँ । अधिकार, पहिचान, सुशासन र समृद्धिका सवालमा हामी प्रतिवद्ध छौँ ।’