देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जसपाको ठाकुर पक्ष सरकारमा जाँदै, मन्त्रीको नाम टुङ्ग्यायो

देशान्तर

काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले आज सरकारमा जाने तयारी गरेको छ । हिजो राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर अध्यक्ष ठाकुरले सरकारमा जाने विषय लगभग टुङ्ग्याएको एक नेताले जानकारी दिएका छन् ।

राष्ट्रपति कार्यालयबाट जुनसुकै बेला फोन आउन सक्ने भएकाले तयार भएर बस्न भनिएको उनले बताएका छन् । मिल्न बाँकी विषयमा अध्यक्ष ठाकुरले आज पनि प्रधानमन्त्री ओलीसँग छलफल गर्दै छन् । छलफलमा जसपाले गृहसहितका आठ वटा मन्त्रालय माग गरे पनि प्रधानमन्त्रीले गृह दिन नसकिने बताएका थिए।

राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जानका लागि जसपाले नेताहरूको सूची पनि तयार गरिरहेको एक नेताले बताएका छन् । राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, राजकिशोर यादव, अनिल झा, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अगरिया, एकवाल मियाको नाम लगभग टुङ्गिएको स्रोतले बताएको छ ।