देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सांसद पद पुनर्स्थापना गरिपाउँ भन्ने रिट लिएर सर्वोच्च पुगे थापा

देशान्तर

काठमाडौं – जनमोर्चाले गण्डकी प्रदेश सांसदबाट पदमुक्त गरेका कृष्ण थापा सर्वोच्च अदालतको शरणमा पुगेका छन् । आफूलाई सांसदबाट हटाइएको भन्दै थापा रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । उनको रिट शुक्रबार दर्ता भएको छ ।

रिटमा सांसद थापाले पद पुनर्स्थापना गरिपाउँ भन्ने माग गरेका छन् । संसदीय दलको बैठक नबसी हटाएको उनको तर्क छ । थापालाई पार्टीको केन्द्रीय कमिटी बैठकले बिहीबार पार्टी विधान विपरीत काम गरेको आरोप लगाउँदै सांसद पदबाट मुक्त गरेको थियो । यसअघि उनलाई पार्टीको केन्द्रीय सदस्य, साधारण सदस्य र दलको नेताबाट समेत हटाइएको थियो ।