काठमाडौं – सरकारले ल्याएको नागरिकता अध्यादेशविरुद्धको रिटको सुनुवाइको लागि सर्वोच्चमा संवैधानिक इजलास गठन गरिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वरिष्ठताका आधारमा इजलास गठन गरेका हुन् । जबराको अध्यक्षतामा गठित इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् । आज पूर्ण इजलासमा सुनुवाइको लागि पेसी तोकिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ९ मा नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, २०७८ जारी गरेकी थिइन् ।
सो अध्यादेशविरुद्ध अदालतमा ६ वटा रिट दर्ता भएका छन् ।
प्रतिक्रिया