देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बारमा बामपन्थीलाई फर्जी मतदाताको साथ

देशान्तर

काठमाडौं । २०१३ सालमा स्थापना भएको कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसियसनको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार बिहान ८ बजेदेखि दिउ“सो ४ बजेसम्म मतदान भएको थियो ।  २४ औं कार्यसमितिको निर्वाचनमा मुख्य रूपमा दुई समूहबीच प्रतिस्पर्धामा छन् । 

कानुनका प्राध्यापकसमेत रहेका शेरबहादुर केसीले बृहत् लोकतान्त्रिक कानुन व्यवसायी समूहको नेतृत्व गरेका छन् भने बृहत् प्रगतिशील, पेसागत, राष्ट्रवादी तथा गणतान्त्रिक कानुन व्यवसायी समूह भन्दै वर्तमान खिचडी सरकारमा समावेश भएका पार्टी निकटका कानुन व्यवसायीहरूको समूहको नेतृत्व अधिवक्ता विजयकान्त मैनालीले गरेका छन् ।

वर्तमान सरकार जस्तै खिचडी समूह बनाएर बार चुनावी मैदानमा उत्रिएका वामपन्थीहरू आफ्नो बाहुल्य भएको मतदान केन्द्रमा फर्जी मतदातालाई मतदानमा सहभागी गरेर वकिलहरूको चुनावमा धाँधली गरिरहेको प्रमाण हिजो मतदानको क्रममा फेला प¥यो । बारका मतदातामध्ये ५० प्रतिशत मतदाता रहेको उपत्यकाअन्तरगत पुनरावेदन बारमा वामपन्थीहरूले फर्जी मतदाता बनाएर मैदानमा उतारेको प्रमाण फेला परेको हो ।

शनिवार मतदानको क्रममा नेपाल बार एसोसियसनको निर्वाचनमा नक्कली मतदाता पक्राउ गरियो । गुल्मीका सागर ज्ञवाली हाल अमेरिकामा रहेका वकिल शैलेश अर्यालको नाममा भोट हाल्न गएका बेला उनलाई प्रहरीले पक्राउ गरेको हो । पुनरावेदन अदालत पाटन बारका सचिवले नक्कली मतदाता पत्र बनाएर दिएपछि भोट हाल्न मतदान केन्द्रमा पुगेका थिए । पक्राउ परेका ज्ञवाली कानुन व्यवसायी नै नभएको नेपाल बार एसोसियसनले जनाएको छ । उनलाई सार्वजनिक अपराध ऐनअनुसार कारबाही गर्न भन्दै अहिले सिंहदरबार प्रहरीमा राखिएको छ । 

यसले गर्दा कानुनी शासनको वकालत गर्ने कानुन व्यवसायीहरूको छाता संगठनका समेत नक्कली मतदाताको मतदानबाट निर्वाचित हुने अभिलाषा बोकेका वामपन्थी समूहको निर्वाचनकै दौरानमा नैतिक पराजय भएको छ । मतदानमा देशभर ३३ वटा मतदान केन्द्र राखिएका थिए । पदाधिकारीसहित २५ जनाको नयाँ कार्य समितिका लागि ७१ जना चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।

 

]]>