देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल भेरिएन्ट पुष्टि छैन : डेली मेल

देशान्तर

काठमाडौं – चौतर्फी विरोध र दबाबपछि बेलायती अखबार डेली मेलले कोरोनाभाइरसको नेपाली प्रजाति भेटिएको भन्ने समाचारलाई सच्याएको छ ।

पब्लिक हेल्थ इङ्ल्यान्डलाई उध्दृत गर्दै उक्त बेलायती अखबारले लेखेको छ, ‘नेपाल भेरिएन्ट भन्ने कुरा अहिले अनुसन्धानमा छैन र भेरिएन्ट अफ कन्सर्न भन्ने पनि छैन ।’

भारतीय भेरिएन्ट डेल्टा नै नेपालमा भयवाह ढंगले फैलिएको लेखिएको छ । नेपालमा जिन सिक्वेन्सिङ नभएपनि पुष्टि भएका भोरिएन्टमा डेल्टा नै सर्वाधिक संक्रमण भएको समेत उल्लेख छ ।

विहिबार उक्त अखबारले भाइरसको नेपाली भेरिएन्ट बेलायतमा फैलिएको र नेपालबाट पुगेका केही मानिसमा त्यसको पुष्टि भएको दाबी गरेको थियो । डब्लुएचओ र लन्डनस्थित नेपाली नियोगले दाबी गलत रहेको जनाएपछि डेली मेलले समाचार सच्चाएको हो ।

यसैबीच, विहिबारै आयोजित एक प्रेसमिटमा बेलायतका यातायातमन्त्री ग्रान्ट सेप्सले पोर्चुगलबाट लन्डन पुगेका केही व्यक्तिमा भारतीय र नेपाली म्युटेन्ट भाइरस भेटिएको दाबी गरेका थिए ।

जसले गर्दा पोर्चुगललाई बेलायतको हरियो सूचीबाट हटाइएको जानकारी यातायातमन्त्री सेप्सले दिएका थिए । मन्त्रीको उक्त भनाइप्रति सामाजिक संजालमा चर्को आलोचना भएको छ ।