June 22, 2021, Tuesday
२०७८ असार ९
ताजा अपडेट
ताजा अपडेट ×

झापामा थपियो निषेधाज्ञा, हप्तामा दुई दिन पसल खुल्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

झापा । झापामा तेस्रो पटक निषेधाज्ञा थप भएको छ । आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यही जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

गत वैशाख २२ गतेदेखि शुरु भएको निषेधाज्ञा एक महिना पुगेको छ । जिल्लामा संक्रमण नघटेपछि बैठकले तेस्रो पटक निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार निम्सिनाले बताए । उनका अनुसार जिल्लाका राजनीतिक दल, जनप्रतिनिधिसमेत सहभागी बैठकले खाद्यान्न पसल हप्तामा दुई दिन बिहान ६ देखि ९ बजेसम्म खोल्न दिने निर्णयसमेत भएको छ ।

Advertisement


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •