देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुदूरपश्चिम: कोरोना सङ्क्रमित हुने भन्दा निको हुने धेरै

देशान्तर

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४घण्टामा कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने सङ्ख्यामा वृद्धि भएको छ । सो अबधिमा एक हजार ३२८ सङ्क्रमित घर फर्किएका छन् भने ३२८ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार प्रदेशमा आज कैलाली, कञ्चनपुर र बझाङ जिल्लाका गरी चार सङ्क्रमितको मृत्यु भएको छ । यो समेत हालसम्म मृतकका सङख्या ५१६ जना पुगेको छ । प्रदेशको जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ मध्ये आज सम्म दुई लाख ३४हजार ६३२जनाको कोरोना भाइरसको नमूना परीक्षण गरिसकिएको छ ।

प्रदेशका विभिन्न १२ अस्पतालका भेन्टिलेटरमा आठ, सघन उपचार कक्षमा १४ र कोभिड वार्डमा ३६ बिरामी उपचाररत छन् । कोरोना भाइरसका सक्रिय सङ्क्रमित पछिल्ला दिनमा घट्दै गएका छन् । एक हप्ता अघिसम्म प्रदेशमा दश हजार ५२ जना सक्रिय सङ्क्रमित रहेकोमा आज यो सङ्ख्या घटेर पाँच हजार २७३ पुगेको छ ।

दोस्रो लहरको कारोना भाइरस फैलिदेखि यही जेठ ७ गते एकै दिन प्रदेशमा सबै भन्दा बढी ९८४ नयाँ सङ्क्रमित थपिएका थिए । साथै सबै भन्दा बढी ३१ जना सङ्क्रमितको मृत्यु भएको थियो । यसै बीच कैलाली जिल्लामा स्थानीय प्रशासनद्वा जारी निषेधाज्ञाको अबधि यही जेठ ३१ सम्म थपिएको छ ।