देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हुम्लामा पहिलोपटक कोरोना संक्रमितको मृत्यु

देशान्तर

हिमाली जिल्ला हुम्लामा कोरोना संक्रमणका कारण पहिलोपटक एक जनाको मृत्यु भएको छ ।

जिल्ला अस्पताल ल्याउने क्रममा सर्केगार्ड गाउँपालिका – २ को रिप गाउँका ५७ वर्षीय पुरुषको बाटोमै मृत्यु भएको हो । उनलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याउन लागिएको थियो । जिल्लामा कोरोनाबाट मृत्यु भएको यो पहिलो केश भएको हुम्लाका प्रहरी नायव उपरिक्षक हेरम्भ शर्माले जानकारी दिए ।

सर्केगार्ड गाउँपालिकाको स्वास्थ्य चौकीमा उपचार गर्न सम्भव नभएपछि जिल्ला अस्पतालमा थप उपचारका लागि ल्याउने क्रममा उनको मृत्यु भएको हो । स्वास्थ्य चौकीमा उपचार नहुने भएपछि बिहीबार बिहान उपचारका लागि दुई जना छोराहरुले स्टेचरमा बोकेर ल्याउने क्रममा दुल्ली कुनामा मृत्यु भएको बताइएको छ ।