धनगढी — धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ब्ल्याक फंगस कालो ढुसी रोगको संक्रमणबाट बिहीबार एक जनाको मृत्यु भएको छ । कैलालीको बर्दगोरिया नगरपालिका–६ का ६५ वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार ती व्यक्ति जेठ १७ देखि अस्पतालको आईसीयूमा भर्ना भई उपचार गराइरहेका थिए ।
यसअघि ती व्यक्तिमा कोरोना भएको कुनै संकेत नदेखिएको र उनले पनि यसबारे केही नबताएको सूचना अधिकारी श्रेष्ठले बताए । उनको प्रयोगशालामा परीक्षण गर्दा ब्ल्याक फंगसको संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया