कोभिड–१९ सङ्क्रमणबाट पहिलोपटक मुगुमा एक वृद्धको मृत्यु भएको छ।
छायाँनाथ रारा नगरपालिका–१० का ७० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले बताए ।
उनकाअनुसार ती बृद्धालाई अस्पताल ल्याउने क्रममा बाटोमा नै निधन भएको थियो। एकहप्तादेखि बिरामी हुँदा पनि ती बृद्ध अस्पताल जान नमानेर घरमा नै जडिबुटी सेवन गर्दैआएका थिए ।
उनको मृत्युपछि गरिएको एन्टिजिन परीक्षणमा पोजेटिभ रिपोर्ट आएको छ । गत वैशाखदेखि जिल्लामा संक्रमितको सङ्ख्यामा वृद्धि भए पनि कोहीको पनि कोरोनाबाट मृत्यु भएको थिएन। जिल्लामा हालसम्म २९४ कोरोना संक्रमित छन् ।
प्रतिक्रिया