देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले सुरु गर्‍यो ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसले मेडिकल इञ्जिनियरहरूको स्वयंसेवी समूह निर्माण गरेर निःशुल्क सेवाको ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ प्रारम्भ गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर आवश्यकता र परिस्थिति अनुरुप महामारीसँग जुध्नुपर्ने जरुरी समयसम्म अभियान चल्ने बताएका छन् । 

अभियानले कोभिड-१९ उपचारका उपकरणहरूको पुनर्निर्माणमा अस्पताल, स्वास्थ्य संस्थाहरू एवं आवश्यक ब्यक्तिहरुलाई देशव्यापी रूपमा निःशुल्क सेवा उपलब्ध गराउने छ । अभियानको उद्धेश्य देशभरका अस्पताल, स्थानीय स्वास्थ संस्थाहरू अथवा होम आइसोलेसनमा रहेका संक्रमित कसैले पनि प्रयोग गरिरहेका उपकरणहरूमा कुनै पनि प्रकृतिको प्राविधिक समस्या जहाँ उत्पन्न भएका छन् तिनको निःशुल्क मर्मत र समाधान गर्ने र उपकरणको सही ढंगले प्रयोग गर्न आवश्यक ज्ञान जरुरी परेकालाई स्थिति अनुकुल प्रत्यक्ष अथवा वेबका माध्यमबाट प्रशिक्षित गर्ने प्रवक्ता शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यो अभियान कांग्रेस सुचना, सञ्चार तथा प्रचार विभागको नेतृत्व तथा पार्टीको शुभेच्छुक संस्था सिडेन को सहभागितामा देशै भरी सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ । अभियानका लागि केन्द्रीय रेस्पोन्स टिम बनाइएको छ भने सातै प्रदेशमा संयोजन गर्ने टिम बनाइएको छ ।