देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

न्यायाधीश कार्की र भट्टराई संवैधानिक इजलासबाट अलग

देशान्तर

काठमाडौँ – संसद विघटन सम्बन्धी रीटहरुको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासका सदस्य न्यायाधीशद्वय दिपक कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट अलग भएको बताएका छन् ।

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले इजलासबाट अलग हुन अस्वीकार गरेपछि त्यसमा असहमति राख्दै उनीहरुले मंगलबारको इजलासमा नै आफूहरु यसमा असहमत भएको भन्दै इजलासमा बस्न अस्वीकार गरेका हुन् । उनीहरु अहिले इजलासबाट बाहिरिएका छन् ।