देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संवैधानिक इजलास पुनगर्ठन गर्न प्रधानन्यायाधीश सहमत

देशान्तर

काठमाण्डौ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलाससम्बन्धी विवाद समाधान गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । सर्वोच्च बार एसोसिएशनका पदाधिकारीसँग भएको छलफलमा उनले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमति जनाएका हुन् । यो सहमतिसँगै प्रतिनिधि सभा विघटनबारेको सुनुवाइ गर्न गठन भएको संवैधानिक इजलास पुनर्गठन हुने भएको छ ।

संवैधानिक इजलासमा रहेका न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि रिट निवेदकतर्फका वकिलहरुले प्रश्न उठाएपछि प्रधानन्यायाधीश जबरा र सर्वोच्च बार एसोसिएशनका पदाधिकारीहरुबीच छलफल भएको थियो । छलफलमा संवैधानिक इजलाससम्बन्धी नियममै परिर्वतन गरेर वरिष्ठताका आधारमा बेञ्च गठन गर्ने व्यवस्था गर्न प्रधानन्यायाधीश सहमत भएका सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए। भेटपछि पत्रकारसँग कुरा गर्दै उनले आजको बेञ्च स्थगित हुन सक्ने जानकारी दिए ।